आँखा दान गर्नेहरुको नानी कसरी निकालिन्छ ? « Khabarhub

आँखा दान गर्नेहरुको नानी कसरी निकालिन्छ ?


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजभन्दा २५ वर्ष अगाडी नेपालमा विभिन्न कारणबाट आँखाका दृष्टि गुमाएकाहरु जीवनभर दृष्टिविहीन हुनुपर्ने बाध्यता थियो ।

मोतिविन्दु तथा विभिन्न किसिमको संक्रमणबाट दृष्टि गुमाएकाहरुले आँखा दान गर्ने व्यक्ति नै पाउँदैन थिए । सन् १९९४ मा नेपालमा नेपाल आँखा बैंकको स्थापना भएपछि मोतिविन्द्रका कारण आँखाको ज्योति गुमाएकाहरुले आँखाको नयाँ नानी पाए ।

उपचारबाट निको हुने दृष्टिविहीनहरुले नेपाल आँखा बैंकमार्फत नयाँ ज्योति पाउन थालेका छन् । समयसँगै नेपालमा आँखा दान गर्नेहरुको संख्या पनि बढ्दै गएको छ ।

मृत्यु पछि कसरी निकालिन्छ आँखाको नानी ?

जो कोही व्यक्तिले पनि स्वेच्छाले आँखा दान गर्न पाउँछन् । आँखा दान गरेपछि आँखाको दृष्टि गुमाएको व्यक्तिमा पत्यारोपण गरिन्छ । आँँखा दान गर्ने व्यक्तिको मृत्युपछि आँखाको नानी निकारेल दृष्टिविहीन व्यक्तिमा आँखाको नानी प्रत्यारोपण गरिन्छ ।

आँखाको दान गर्ने चाहने व्यक्तिले जीवित रहँदैमा आँखाको नानी दान गर्ने मञ्जुरी पत्र बनाएको हुन्छ । कुनैपनि स्वस्थ व्यक्तिको मृत्यु भएको १२ घण्टा सम्मको आँखाको नानी मात्र अर्को व्यक्तिमा पत्यारोपण गर्न मिल्छ । मानिसको मृत्युपछि मृतकको आँखाको नानी मात्र झिक्ने हो ।

आँखाको नानी दान गर्न मृत्यु अघि नै मञ्जुरी दिएका व्यक्तिको आँखा नेपाल आँखा बैङ्कका कर्मचारीले २ जना मृतकको आफन्तलाई साक्षि राखेर आँखाको नानी मात्र निकाल्छन् ।

आँखासँगै मृतकको रगत पनि निकान्छि । बैङ्कले संकलन गरेको आँखा २ देखि ८ डिग्रीसेन्टिग्रेट भित्र राखिन्छ । यसरी राखेको आँखाको नानी १४ दिन सम्म राख्दा मर्दैन ।

मृतकको रगत परीक्षण गरी रगतबाट सर्ने किसिमको संक्रमण नभएको र आँखाको नानी स्वस्थ रहेको अवस्थामा अन्य आँखाको दृष्टि गुमाएका व्यक्रिलाई पत्यारोपण गरिन्छ ।

कस्तो व्यक्तिले गर्न सक्छन् आँखाको नानी दान ?

– एचआइभि, हेपटाइटिस संक्रमित नभएको व्यक्तिको आँखा दान गर्न मिल्छ,

–रगतबाट सर्ने रोगको संक्रमण नभएको व्यक्तिले मात्रै आँखा दान गर्न सक्छन्,

–सर्पले टोकेर मृत्यु भएका व्यक्तिको आँखाको नानी दान गर्न मिल्दैन,

–आगो तथा विभिन्न रसायनले पोलेर मृत्यु भएका व्यक्तिको आँखा प्रत्यारोपण गर्न मिल्दैन ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ७ : ५२ बजे

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ