यस्तो थियो नेपालको पहिलो बजेट (पूर्णपाठसहित) « Khabarhub

यस्तो थियो नेपालको पहिलो बजेट (पूर्णपाठसहित)


१५ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको बजेट इतिहासमा पहिलो बजेट ल्याउने व्यक्ति सुवर्ण शमशेर राणा हुन् । २००७ फागुन ७ गते, प्रजातन्त्रको घोषणासँगै गठन भएको नेपाली कांग्रेसका नेता मातृका कोइराला नेतृत्वको संयुक्त सरकारमा सूवर्ण शमशेर अर्थमन्त्री बनेका थिए । २००८ माघ १९ गते अर्थमन्त्रीको हैसियतले सुवर्ण शमशेरले नै पहिलोपटक बजेट प्रस्तुत गरेका थिए ।

१ सय ४ वर्षे राणा शासनको अवधिमा मुलुकको आम्दानी–खर्च बारे जनतालाई केही थाहा हुदैनथ्यो । राणाशासनमा जनता लक्षित कार्यक्रम हुदैनथ्यो, न त बजेट नै सार्वजनिक हुन्थ्यो । जनतालाई राणाले जवाफ पनि दिनुपर्दैनथ्यो ।

राणाकालको अन्त्यसँगै जनतालाई मुलुकको आर्य–व्यय बारे बजेटमार्फट जानकारी गराउने परिपार्टिको स्थापना भयो ।

२००८ सालमा तत्कालीन अर्थमन्त्री सूवर्ण समशेरले संसद समक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । जसमा राजस्व ३ करोड ६ लाख १९ हजार रुपैयाँ उठ्ने लक्ष्य राखिएको थियो । सरल भाषामा लेखिएको उक्त बेजटमा चालु खर्च र पुजी खर्च भनेर भिन्न शीर्षक छुट्याइएकोको पाइन्दैन् ।

०८ सालको बजेटमा सबैभन्दा बढी खर्च (७० लाख ७० हजार) राष्ट्रिय सुरक्षामा खटिने प्रहरी र सेनाका लागी छुट्याईएको पाईन्छ । त्यसैगरी उक्त बजेटमा मन्त्रिगण र सचिवालयको लागी ३२ लाख ४० हजार रुपैयाँ र राजसंस्था लागी भने ५ लाख ८४ हजार मात्र खर्च छुट्याईएको पाईन्छ ।

बजेट २००८ पुर्णपाठ

 

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  ८ : १६ बजे

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)