८ वर्षीय बालकको अपहरणपछि हत्या गर्नेलाई गोली प्रहार गरी पक्राउ « Khabarhub

८ वर्षीय बालकको अपहरणपछि हत्या गर्नेलाई गोली प्रहार गरी पक्राउ


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्सा प्रहरीले ८ वर्षीया बालकलाई अपहरण गरी हत्या गर्ने अभियुक्तलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका–३ प्रगतिनगरका शम्भु साहका ८ वर्षीय छोराको अपहरणपछि हत्या गर्ने ३ जनालाई प्रहरीले पक्राउ हो ।

बालकको खोजीका लागि प्रदेश नम्बर २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साबाट परिचालन भएको प्रहरीले मंगलबार (जेठ १४ गते) वीरगन्जबाट भारत घर बताउने वीरगन्जको प्रगतिनगरमै डेरा गरी बस्ने वर्ष २१ को विकास शर्मा, बाराको कलैया घर भएका सिकेन्द्र साह तेली र बाराकै खपरताता घर भएका राम विनेश महतोलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका व्यक्तिहरुले बच्चालाई मारेर बाराको कलैया–२५ अन्तर्गत खौराही खोलामा फालेको बताएका थिए । प्रहरीले उनीहरुकै बयानका आधारमा खौराही खोलामा बालकको खोजी शुरु गरेको थियो । बालकको खोजीकै क्रममा पक्राउ परेका तीनैजनाले भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर भारत घर बताउने विकास शर्मा र बाराको कलैया घर भएका सिकेन्द्र साह तेली घाइते भएका छन् ।

कम्मरमुनि गोली लागेका उनीहरुको हाल नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार अपहरणमा संलगन भारत घर बताउने विकास शर्मा अपहरित बालकका बुवा शम्भु साहका छिमेकी हुन् । उनीहरुबीच यसअघि पटक पटक झगडा हुने गरेको पनि प्रहरीले जनाएको छ ।

आफूसँग झगडा गर्ने शम्भुलाई ‘तह लगाउन’ भन्दै विकासले आफ्ना साथीको मद्दतमा बालकको अपहरण गरेको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीका अनुसार शम्भुका ८ वर्षीय छोरा जेठ १० गते बेपत्ता भएका थिए । सोही दिन राति ९ बजेतिर अपरिचित नम्बरबाट ३० लाख रुपैयाँ फिरौती माग गर्दै शम्भुलाई फोन आएपछि बालक अपहरणमा परेको खुलेको थियो ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १० : ४३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्