श्रमिकलाई आर्थिक भार नपार्ने सर्तमा कतारी भिसा सेन्टर सञ्चालनमा | Khabarhub Khabarhub

श्रमिकलाई आर्थिक भार नपार्ने सर्तमा कतारी भिसा सेन्टर सञ्चालनमा


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–रोजगारीका लागि कतार जाने कामदारको सम्पूर्ण काम एकै ठाँउबाट गर्नका लागि कतारी भिसा सेन्टर खोल्न नेपाल सरकारले अनुमति दिएको छ ।

वैदेशिक रोजगारीमा कतार जाने नेपाली कामदारका लागि काठमाडौंमा स्थापना गरिएको कतार भिसा सेन्टर बुधबार (आज)देखि सञ्चालनमा आउने नेपालस्थित कतारी दूतावासले जानकारी दिएको छ ।

काठमाडौंस्थित भिसा सेन्टर महाराजगञ्ज चक्रपथमा कार्यलय राखेर काम गर्ने दूतावासले जनाएको छ ।

कतार भिसा सेन्टरको बुधबार एक औपचारिक कार्यक्रमकाबीच नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैलले औपचारिक रुपमा शुरु गर्ने कार्यक्रम छ ।

लामो समयदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सिन्डिकेट शैलीमा स्थापना भएको भनेर अनुमती नदिएको भिसा सेन्टरको विषयमा कुटनीतिक पहल भएपछि सञ्चालन आउन लागेको हो । गत मंसिर महिनामा मै भिसा सेन्टर सञ्चालनमा ल्याउने भनिएको थियो । त्यस बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले तत्काल भिसा सेन्टर खोल्न दिएका थिएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयले कतार भिसा सेन्टरलाई सञ्चालनमा अवरोध नगर्ने भनेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पनि लचिलो भएर भिसा सेन्टर खोल्न दिएको हो ।

कतारसँग श्रम सम्झौता पुनरावलोकनको प्रक्रिया चलिरहेको र शून्य लागतमा कामदार पठाउने विषयमा सम्झौता गर्न खोजिरहेको श्रम मन्त्रालय कतार भिसा सेन्टरको विषय पनि श्रम सम्झौतामा नै उल्लेख हुनुपर्ने अडान लिएको थियो ।

भिसा सेन्टरमार्फत रोजगारीका लागि कतार जाने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छापलगायतका सवै प्रक्रिया हुने भएको छ । त्यस्तै, स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका कामहरु पनि सेन्टरमा नै हुने छन् । कतारमा हुने ती काम नेपालमै सबै प्रक्रिया पूरा भएपछि कामदार कतार पुग्नासाथ आफ्नो परिचयपत्र (लेवर काड) पाउने दूतावासले जानकारी दिएको छ ।

भिसा सेन्टरमै कामदारले सक्कली करारपत्रमा हस्ताक्षर र तलब सुविधाका लागि प्रक्रिया गरिने छ । कतारको सरकारी पक्रियाअनुसार भिसा सेन्टर सञ्चालन हुने हुँदा सेवाग्राहीलाई भविष्यमा कुनै पनि समस्या नआउने दूतावासले बताएको छ ।

कतार भिसा सेन्टरबाट रोजगारीमा जाने नेपाली श्रमिकहरुको यकिन तथ्यांक राखिने हुँदा नेपाली रोजगारीमा कति गए र कति नेपाली कतारबाट फर्केर आए, कुन श्रमिक कस्तो अवस्थामा भने विषयमा सम्पुर्ण विवरण सेन्टरमा रहन्छ । कतार सरकारले ८ मुलुकमा २० ओटा भिसा सेन्टर स्थापना गरेर एकद्धार प्रणाली लागू गरेको जनाएको छ । नेपाल बाहेक भारत र अन्य देशमा सञ्चालनमा ल्याएको भिसा सेन्टरको बारेमा हाल विरोध भइरहेको छ ।

कतारले भिसा सहजीकरणका लागि बंगलादेश, पाकिस्तान र श्रीलंकामा यसअघि नै कतार भिसा सेन्टर सञ्चालन गरिसकेको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ११ : २९ बजे

सहरलाई सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमैत्री बन्दै काठमाडौं महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सीसीटीभी

गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा

पोखरा– गण्डकी प्रदेशसभामा सामान्य छलफलपछि संशोधन प्रस्तावसहित ‘औषधिजन्य तथा औद्योगिक

नेपालको निर्वाचनमा सक्दो सहयोग गर्ने चीनकाे प्रतिबद्धता

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन् सङले आम निर्वाचन सफलतापूर्वक

निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

जेनजी आन्दोलनका अमर प्रहरी राय : श्रीमतीलाई भनेका थिए– ‘सटरभित्र सुरक्षित छु, तनाव नलेउ’

काठमाडौं– जेनजी आन्दोलन उत्कर्षमा पुगेको दिन, भदौ २४ गते ।