यस्तो छ सलमान खानको फिल्म ‘भारत’ को कहानी « Khabarhub

यस्तो छ सलमान खानको फिल्म ‘भारत’ को कहानी


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खानका फ्यानलाई यो ईद विशेष हुनेछ । किनकि, ईदको मौका पारेर फिल्म ‘भारत’ प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई सलमान खानको करिअरकै ठूलो फिल्मका रुपमा समेत हेरिएको छ ।

यो फिल्ममा सलमानले जुन भूमिका निभाएका छन्, त्यो भूमिका अहिलेसम्म उनले कुनै फिल्ममा पनि निभाएका थिएनन् । उनी १८ वर्षका युवकदेखि वृद्धसम्म देखिनेछन् यो फिल्ममा । ‘भारत’ दक्षिण कोरियाको फिल्म ओड टु माइ फादरको आधिकारिक रिमेक पनि हो । उक्त कोरियन फिल्म सन् २०१४ मा रिलिज भएको थियो ।

फिल्मले भारत र पाकिस्तानको कथालाई उठाएको छ । सन् १९४७ मा भारत र पाकिस्तान विभाजन भएका थिए । भारत (सलमान खान) का पिता (ज्याकी श्राफ) पाकिस्तानमा बस्ने फैसला गर्छन् । ८ वर्षीय भारतले कसम खान्छन् कि, जस्तो अवस्थामा उनले परिवारलाई एकसाथ बनाउनेछन् । चाहे जस्तोसुकै विपत्ति आओस् ।

त्यसपछि भारतको जिन्दगीमा अघिल्लो ६० वर्षलाई देख्न सकिन्छ । जसमा भारत देशमा हुने मुख्य घटना पनि समानान्तर रुपमा अगाडि बढिरहन्छन् ।

सन् १९६४ मा भारत द ग्रेट रसियन सर्कसमा सामेल हुन्छन् । उनी एक प्लेब्याइ बनिसकेका हुन्छन् । सन् १९७० को मध्येमा गल्फमा तेलमा खोजी हुन्छ, त्यतिबेला भारत उतै जान्छन् । त्यहाँ रहेकी कुमुद रैना (क्याटरीना कैफ) सँग भारतको भेट हुन्छ ।

पछि भारत भारतीय नेवीमा पनि सामेल हुन्छन् । सन् १९९० को आसपास उनी परिवारका साथ व्यवसाय सम्हालेको अवस्थामा हुन्छन् । जिन्दगीमा ठूलै उथलपुथल हुँदा पनि सलमान आफ्ना बाबुसँगको वाचा पूरा गर्नमा भने प्रयासरत हुन्छन् ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ११ : ५१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु