विश्वकप क्रिकेट इङ्ग्ल्यान्डले जित्ने ? « Khabarhub

विश्वकप क्रिकेट इङ्ग्ल्यान्डले जित्ने ?


१५ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font


एक प्रक्षेपणले बिहीबारदेखि सुरु हुन लागेको विश्वकप क्रिकेट इङ्ग्ल्यान्डले जित्ने आकलन गरेको छ ।

बीबीसीले गरेको प्रक्षेपण अनुसार सन् २०१९ को विश्वकप क्रिकेट ट्रफी घरेलु टोली इङ्ग्ल्यान्डले जित्ने अनुमान गरिएको छ ।

जसमा बीबीसीले विभिन्न देशका पूर्व क्रिकेटरहरुसँग कुरा गरेको छ । इङ्ग्ल्यान्डले विश्वकप ट्रफी उचाल्ने अनुमान लगाइरहँदा भारत, अस्ट्रेलिया र पाकिस्तान शीर्ष चार टोलीमा पर्ने कतिपयले अनुमान लगाएका छन् ।

प्रक्षपणमा सहभागीमध्ये १३ जनाले इङ्ग्ल्यान्डले ट्रफी घरेल मैदानमा उचाल्ने बताएका छन् भने २ जनाले भारले विश्वकप जित्ने अनुमान लगाइरहँदा अस्ट्रेलिया र दक्षिण अफ्रिकाले विश्वकप जित्ने मात्रै एक–एक जनाले बताएका छन् ।

विश्वकप क्रिकेट इङ्ग्ल्यान्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्दैछन् । जसको सम्पूर्ण तयारी भइसकेको आईसीसीले जनाइसकेको छ ।

यस्तै, विश्वकपको अभ्यास स्वरुप भएका वार्म अप खेल पनि मंगलबार नै समापन भइसकेका छन् ।

दी ओभल लण्डनमा बिहीबार उद्घाटन आयोजक इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  ११ : ४० बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर