विश्वकप क्रिकेट इङ्ग्ल्यान्डले जित्ने ? « Khabarhub

विश्वकप क्रिकेट इङ्ग्ल्यान्डले जित्ने ?


१५ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font


एक प्रक्षेपणले बिहीबारदेखि सुरु हुन लागेको विश्वकप क्रिकेट इङ्ग्ल्यान्डले जित्ने आकलन गरेको छ ।

बीबीसीले गरेको प्रक्षेपण अनुसार सन् २०१९ को विश्वकप क्रिकेट ट्रफी घरेलु टोली इङ्ग्ल्यान्डले जित्ने अनुमान गरिएको छ ।

जसमा बीबीसीले विभिन्न देशका पूर्व क्रिकेटरहरुसँग कुरा गरेको छ । इङ्ग्ल्यान्डले विश्वकप ट्रफी उचाल्ने अनुमान लगाइरहँदा भारत, अस्ट्रेलिया र पाकिस्तान शीर्ष चार टोलीमा पर्ने कतिपयले अनुमान लगाएका छन् ।

प्रक्षपणमा सहभागीमध्ये १३ जनाले इङ्ग्ल्यान्डले ट्रफी घरेल मैदानमा उचाल्ने बताएका छन् भने २ जनाले भारले विश्वकप जित्ने अनुमान लगाइरहँदा अस्ट्रेलिया र दक्षिण अफ्रिकाले विश्वकप जित्ने मात्रै एक–एक जनाले बताएका छन् ।

विश्वकप क्रिकेट इङ्ग्ल्यान्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्दैछन् । जसको सम्पूर्ण तयारी भइसकेको आईसीसीले जनाइसकेको छ ।

यस्तै, विश्वकपको अभ्यास स्वरुप भएका वार्म अप खेल पनि मंगलबार नै समापन भइसकेका छन् ।

दी ओभल लण्डनमा बिहीबार उद्घाटन आयोजक इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  ११ : ४० बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण