भगवान बुद्धको जवाफ– मृत्युपछि के हुन्छ ? « Khabarhub

भगवान बुद्धको जवाफ– मृत्युपछि के हुन्छ ?


१५ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

शान्तिदूत भगवान गौतम बुद्धसँग उनका चेलाले विभिन्न प्रश्न सोधिरहेका थिए । यही क्रममा चेलाले सोधे – गुरु हामीले तपाईंबाट धेरै कुरा सिक्ने अवसर पायौं । यसका लागि हामी धन्य छौं । तर तपाईंले मृत्युपछि मानिस के हुन्छ भन्ने कुरा बताउनु भएको छैन । यो कुरा पनि जान्न पाए थप धन्य हुने थियौं ।

भगवान गौतम बुद्धले मुस्कुराउँदै भने–हो मैले यो बारे बताएको छैन । आज बताउँछु तर त्यो अघि एउटा प्रश्न सोध्छु त्यसको जवाफ देउ है त ? चेलाले भने आज्ञा होस् गुरु ।

बुद्धले प्रश्न गरे – एकजना मानिस सुनसान जंगलको बाटो हिँडिरहेका बेला एक्कासी कतैबाट आएर एउटा विषालु वाण उसको शरीरमा घुस्यो । यो अवस्थामा त्यो व्यक्तिले तत्काल के गर्नु उचित हुन्छ ? पहिले शरीरमा घुसेको वाण हटाउनु ठीक हुन्छ कि त्यो वाण कसले चलाएको थियो, कताबाट आएको थियो भनेर पत्ता लगाउनु उचित हुन्छ ?

चेलाले जवाफ दिए – सबैभन्दा पहिले शरीरमा घुसेको वाण निकाल्नु उचित हुन्छ गुरु ।

चेलाको जवाफ सुनेपछि बुद्धले भने– हो तिमीले एकदमै ठीक जवाफ दियौ । अब म तिमीलाई अर्को प्रश्न सोध्छु त्यसको पनि जवाफ देउ ? हामीले सबैभन्दा पहिले यो जीवनका दुःखको निवारणको उपाय खोज्नु ठीक कि मृत्युपछि के हुन्छ भनेर टाउको दुखाउनु ठीक ? बुद्धको प्रश्न सुनेपछि चेला शान्त बने ।

हो, अनावश्यक कुरामा टाउको दुखाउनु ठिक हुँदैन

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  १ : ०७ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह