बिरामी हुनासाथ एन्टिबायोटिक्स औषधि प्रयोग गर्ने गर्नु भएको छ ? हानिकारक हुनसक्छ « Khabarhub

बिरामी हुनासाथ एन्टिबायोटिक्स औषधि प्रयोग गर्ने गर्नु भएको छ ? हानिकारक हुनसक्छ


१५ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आम मानिसमा रुघाखोकी तथा ज्वरो जस्ता स्वास्थ्य समस्या देखिने बित्तिकै एन्टिबायोटिक्स औषधि लिने बानी हुन्छ ।  कित्सकहरुले पनि बिरामीहरुको उपचारका क्रममा एन्टिबायोटिक्स औषधि नै बढी चलाउन खोज्छन् ।

साधारणतः एन्टिबायोटिक्स औषधि चलाइ हाल्नु स्वास्थ्यका लागि उपयुक्त हुँदैन । एन्टिबायोटिक्सको प्रयोगले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई ह्रास गर्न सक्छ । आवश्यकताभन्दा बढी एन्टिबायोटिक्स औषधि सेवनले प्रतिरोधी कोशिकाहरुलाई जोगाइ राख्ने तथा संक्रमणबाट बचाउने शरीरको राम्रा विषाणु मर्न सक्छन् ।

वैज्ञानिकहरुले यस्ता औषधि सेवनले शरीरलाई फाइदा गर्ने भन्दा पनि क्षति गर्न सक्ने बताएका छन् ।

एक अध्ययनमा शरीरको प्राकृतिक रोग प्रतिरोधात्मक क्षमतालाई एन्टिबायोटिक्सले रोकेको पाइएको थियो । रोग संक्रमणसँग लड्ने क्षमतालाई कमजोर बनाउने वैज्ञानिकहरुको भनाइ छ ।

अमेरिकाको केस वेस्र्टन रिजर्भ युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले शरीरमा रहेने विषाणु, त्यसका फ्याटी एसिड र सेतो रक्त कोशिका (डब्लुबिसी) का केही प्रकारको विश्लेषण गरेका थिए । जसले मुखको संक्रमणसंग लड्ने क्षमता राख्छ ।

ज्यान लिन सक्ने संक्रमणको उपचारका लागि भने एन्टिबायोटिक्सको आवश्यकता पर्छ । तर यसको बढी प्रयोगले भने प्राकृतिक रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर गर्ने भएकाले सचेत हुन आवश्यक रहेको अनुसन्धानकर्ताको भनाइ छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  १ : १९ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना