बिरामी हुनासाथ एन्टिबायोटिक्स औषधि प्रयोग गर्ने गर्नु भएको छ ? हानिकारक हुनसक्छ « Khabarhub

बिरामी हुनासाथ एन्टिबायोटिक्स औषधि प्रयोग गर्ने गर्नु भएको छ ? हानिकारक हुनसक्छ


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आम मानिसमा रुघाखोकी तथा ज्वरो जस्ता स्वास्थ्य समस्या देखिने बित्तिकै एन्टिबायोटिक्स औषधि लिने बानी हुन्छ ।  कित्सकहरुले पनि बिरामीहरुको उपचारका क्रममा एन्टिबायोटिक्स औषधि नै बढी चलाउन खोज्छन् ।

साधारणतः एन्टिबायोटिक्स औषधि चलाइ हाल्नु स्वास्थ्यका लागि उपयुक्त हुँदैन । एन्टिबायोटिक्सको प्रयोगले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई ह्रास गर्न सक्छ । आवश्यकताभन्दा बढी एन्टिबायोटिक्स औषधि सेवनले प्रतिरोधी कोशिकाहरुलाई जोगाइ राख्ने तथा संक्रमणबाट बचाउने शरीरको राम्रा विषाणु मर्न सक्छन् ।

वैज्ञानिकहरुले यस्ता औषधि सेवनले शरीरलाई फाइदा गर्ने भन्दा पनि क्षति गर्न सक्ने बताएका छन् ।

एक अध्ययनमा शरीरको प्राकृतिक रोग प्रतिरोधात्मक क्षमतालाई एन्टिबायोटिक्सले रोकेको पाइएको थियो । रोग संक्रमणसँग लड्ने क्षमतालाई कमजोर बनाउने वैज्ञानिकहरुको भनाइ छ ।

अमेरिकाको केस वेस्र्टन रिजर्भ युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले शरीरमा रहेने विषाणु, त्यसका फ्याटी एसिड र सेतो रक्त कोशिका (डब्लुबिसी) का केही प्रकारको विश्लेषण गरेका थिए । जसले मुखको संक्रमणसंग लड्ने क्षमता राख्छ ।

ज्यान लिन सक्ने संक्रमणको उपचारका लागि भने एन्टिबायोटिक्सको आवश्यकता पर्छ । तर यसको बढी प्रयोगले भने प्राकृतिक रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर गर्ने भएकाले सचेत हुन आवश्यक रहेको अनुसन्धानकर्ताको भनाइ छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १ : १९ बजे

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार