बजेटको सिलिङ रातारात परिवर्तन ? « Khabarhub

बजेटको सिलिङ रातारात परिवर्तन ?


१५ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विषयगत मन्त्रालयहरुको उच्च दबाव थेग्न नसकेपछि राष्ट्रिय योजना आयोगले बजेट सिलिङ बढाएको छ । सिलिङ बढेसगै अब नया सिलिङ १५ खर्ब ७७ अर्ब ७० करोड पुगेको छ । बजेट कुल खर्चमा आधारीत हुने भएकाले नँया सिलिङकै हाराहारीमा बजेट आउने अनुमान समेत गरिएको छ ।

आयोगका अनुसार मन्त्रालयहरुको अग्रहमा मंगलबार बसेको बैठकले सिलिङ पुनः परिवर्तन गरेको हो । स्रोत भन्छ ‘बजेट आउन २४ घण्टा पनि बाँकी थिएन, नेता तथा मन्त्रीहरुको अधिक प्रेसर थेग्न नसकेर सिलिङ परिवर्तन गरियो । ’

यस अघि आगामी आर्थिक बर्षका लागि १४ खर्ब ९३ अर्ब रुपैयाँको सिलिङ तोकिएको थियो । मंगलवार योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको अध्यक्षतामा बसेको समितिको बैठकले उक्त सिलिङलाई परिवर्तन गरेका थियो ।

आयोगका अनुसार विषयगत मन्त्रालयहरुले दुई खर्ब भन्दा बढी बजेटको माग गरेका थिए । सोही मागलाई केहि हदसम्म सम्बोधन गर्न सलिङ परिवर्तन गरिएको स्रोत छ । नँया सिलिङमा आधारित खर्च अनुसार अर्थ मन्त्रालयले रातो किताब(खर्च विवरण) छपाईका लागि पठाइसकेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  २ : ०८ बजे

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे