बृद्धभत्ता १ हजार बढेर ३ हजार पुग्यो « Khabarhub

बृद्धभत्ता १ हजार बढेर ३ हजार पुग्यो


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सामाजिक सुरक्षा भत्तामा १ हजार रुपैयाँ बृद्धि गरेको छ ।

यसअघि सरकारले ज्येष्ठ नागरिकलगायतलाई मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएकोमा उक्त रकम १ हजार बढाएर ३ हजार पुर्‍याइएको हो ।

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बृद्धभत्ता १ हजार रुपैयाँले बढाइएको बताए ।

सरकारले बृद्धभत्ता बढाउँदा १३ लाख ज्येष्ठ नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने पनि जनाएको छ ।

अति असक्त, अपाङ्गता भएका, एक महिला, लोपोन्मुख जनजातिसमेतलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्तामा पनि मासिक १ हजार बढाइएको अर्थमन्त्रीले घोषणा गरे ।

अर्थमन्त्रीका अनुसार यसबाट करिब ९ लाख व्यक्ति लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ४ : ३८ बजे

निर्वाचन ५३ दिन बाँकीः सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस २७ गते आइतबार तदनुसार

आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २७ गते आइतबार तदनुसार

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको