८३ हजार युवालाई सीपमूलक तालिम, सामाजिक सुरक्षा कोषका लागि ६४ अर्ब ५० करोड « Khabarhub

८३ हजार युवालाई सीपमूलक तालिम, सामाजिक सुरक्षा कोषका लागि ६४ अर्ब ५० करोड


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अर्थमन्त्री डा . युवराज खतिवडाले श्रम र रोजगारका लागि ७ अर्ब १४ करोड बजेट विनियोजन गरेका छन् ।

बुधबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष ०७६ ७७ को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री रोजगारका कार्यक्रमका लागि ५ अर्ब १ करोड छुटाइको जानकारी दिएका छन् । यस्तै, श्रम, रोजगार तथा स्थानिय तह र प्रदेशमा रोजगारी विस्तार गर्ने बजेट विनियोजन गरिएको छ ।

यस्तै, योगदानमा आधरित सामाजिक सुरक्षा कोषका लागि ६४ अर्ब ५० करोड बजेट विनियोजन गरेको मन्त्री खतिवडाले संसदलाई जानकारी गराए । ८३ हजार युवालाई सीपमुलक तालिमका लागि १ अर्ब ७२ करोड बजेट विनियोजना गरिएको छ । सवै स्थानीय तहमा बेरोजगार युवालाई रोजगार सूचना केन्द्रमार्फत रोजगारको अवसर मिलाइने बजेटमा उल्ले गरिएको छ ।

सवै प्रदेशमा सीप मुलुक तालिम केन्द्र खोल्न र विकास गर्ने योजना अघि सारिएको छ । वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई कृषिमा लगाइने छ । यसैगरि वैदेशिक रोजगारीमा जाने कामदारका हकमा सवै लागत खर्च रोजगारदाता देश नै ब्यहोर्ने गरिन योजना अघि सारिएको छ ।

संसदमा बजेट प्रस्तुत गदै मन्त्री खतिवडाले वैदेशिक रोजगारीमा जाने कामदारको संस्ख्या ३९ प्रतिशतले घटेको बताएका छन् । विदेशमा रहेका कामदारको कमाईबाट भित्रने रेमिट्यान्स भने २० प्रतिशत बृद्धि भएको छ । रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउने विषेश योजना ल्याइने बजेटमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : ०१ बजे

कांग्रेसको बन्दसत्रबाट चार प्रतिनिधि निवेदन पास गरिने

काठमाडौं– कांग्रेसको बन्द सत्र सुरु भएको छ। बन्द सत्र मार्फत

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई