८३ हजार युवालाई सीपमूलक तालिम, सामाजिक सुरक्षा कोषका लागि ६४ अर्ब ५० करोड | Khabarhub Khabarhub

८३ हजार युवालाई सीपमूलक तालिम, सामाजिक सुरक्षा कोषका लागि ६४ अर्ब ५० करोड


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अर्थमन्त्री डा . युवराज खतिवडाले श्रम र रोजगारका लागि ७ अर्ब १४ करोड बजेट विनियोजन गरेका छन् ।

बुधबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष ०७६ ७७ को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री रोजगारका कार्यक्रमका लागि ५ अर्ब १ करोड छुटाइको जानकारी दिएका छन् । यस्तै, श्रम, रोजगार तथा स्थानिय तह र प्रदेशमा रोजगारी विस्तार गर्ने बजेट विनियोजन गरिएको छ ।

यस्तै, योगदानमा आधरित सामाजिक सुरक्षा कोषका लागि ६४ अर्ब ५० करोड बजेट विनियोजन गरेको मन्त्री खतिवडाले संसदलाई जानकारी गराए । ८३ हजार युवालाई सीपमुलक तालिमका लागि १ अर्ब ७२ करोड बजेट विनियोजना गरिएको छ । सवै स्थानीय तहमा बेरोजगार युवालाई रोजगार सूचना केन्द्रमार्फत रोजगारको अवसर मिलाइने बजेटमा उल्ले गरिएको छ ।

सवै प्रदेशमा सीप मुलुक तालिम केन्द्र खोल्न र विकास गर्ने योजना अघि सारिएको छ । वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई कृषिमा लगाइने छ । यसैगरि वैदेशिक रोजगारीमा जाने कामदारका हकमा सवै लागत खर्च रोजगारदाता देश नै ब्यहोर्ने गरिन योजना अघि सारिएको छ ।

संसदमा बजेट प्रस्तुत गदै मन्त्री खतिवडाले वैदेशिक रोजगारीमा जाने कामदारको संस्ख्या ३९ प्रतिशतले घटेको बताएका छन् । विदेशमा रहेका कामदारको कमाईबाट भित्रने रेमिट्यान्स भने २० प्रतिशत बृद्धि भएको छ । रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउने विषेश योजना ल्याइने बजेटमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : ०१ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग