दार्चुलादेखि ताप्लेजुङसम्म हरित हिमालयन पदमार्ग खोलिने, महाभारत क्षेत्रमा शितल आवास बनाइने | Khabarhub Khabarhub

दार्चुलादेखि ताप्लेजुङसम्म हरित हिमालयन पदमार्ग खोलिने, महाभारत क्षेत्रमा शितल आवास बनाइने


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सुदूरपश्चिमको दार्चुलादेखि पूर्व (प्रदेश नम्बर १ को) ताप्लेजुङ सम्म हिमालयन पदमार्ग विस्तार गर्ने भएको छ ।

सरकारले दार्चुलादेखि ताप्लेजुङसम्म हिमालयन हरित पदमार्थ रेखाङ्कन गरी पूर्वाधार निर्माण शुरु गरिने घोषणा गरेको हो ।

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षमा हिमालयन हरित पदमार्गको रेखाङ्कन गरी पूर्वाधार विकास गरिने बताएका हुन् ।

सरकारले साहसिक पर्यटनमा विश्वका ध्यान आकर्षण हुने गरी प्रचार प्रसार गर्ने पनि अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले महाभारत पर्वत क्षेत्रका सम्भावित पर्यटकीय क्षेत्रलाई विदा मनाउन शितल आवासको रुपमा विकास गरिने पनि घोषणा गरे ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : ११ बजे

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच