स्थानीय तहका लागि १ खर्ब २३ अर्ब ८९ करोड सशर्त अनुदान « Khabarhub

स्थानीय तहका लागि १ खर्ब २३ अर्ब ८९ करोड सशर्त अनुदान


१५ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षका लागि स्थानीय तहलाई दिइने सशर्त अनुदानतर्फ १ खर्ब २३ अर्ब ८७ करोड विनियोजन गरेको छ ।

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बेजट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले प्रदेशलाई ४४ अर्ब ५५ करोड सशर्त अनुदान छुट्याइएको बताए ।

अर्थमन्त्री खतिवडाले खर्चको आवश्यकता, मानवविकास सूचकांकको अवस्था, राजश्व क्षमता तथा प्रदेश र स्थानीय तहबीच रहेका आर्थिक सामाजिक र अन्य असमानता समेतको आधारमा प्रदेशलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई ८९ अर्ब ९५ करोड समानिकरण अनुदान दिने गरी बजेट विनियोजन गरिएको पनि बताए ।

राजश्व वाँडफाँटतर्फ प्रदेश र स्थानीय तहको जनसंख्या, क्षेत्रपफल, मानवविकास सूचकांक र न्यून विकास सूचकांकलाई आधार बनाएर प्रदेश र स्थानीय तहमा जम्मा १ खर्ब ३० अर्ब ८९ करोड बाँडफाँड हुने प्रक्षेपण बजेटमा गरिएको छ ।

प्रदेश र स्थानीय तहले आफूले पहिचान गरि आफ्नो क्षेत्रमा संचालन गर्ने आयोजनाका लागि १० अर्ब समपुरक अनुदान बजेट व्यवस्था गरिएको छ ।

विशेष अनुदान अनुसार विशिष्टकृत कामका लागि प्रत्येक प्रदेशलाई १० अर्ब अनुदान दिइने र यसको बाँडफाँट राष्ट्रिय योजना आयोगबाट हुने व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

निर्धारित सुत्र अनुसार मापदण्डका आधारमा संघ, प्रदेश र स्थानिय तहमा बजेट विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  ५ : १७ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा