बजेट भाषण– सामुदायिक विद्यालयहरुमा स्वयमसेवक शिक्षक राखिने « Khabarhub

बजेट भाषण– सामुदायिक विद्यालयहरुमा स्वयमसेवक शिक्षक राखिने


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — सामुदायिक विद्यालयहरुमा स्वयमसेवक शिक्षक राखिने भएको छ ।

सरकारले बजेट मार्फत शिक्षक दरबन्दी अभाव भएका सामुदायिक विद्यालयहरुमा स्वयमसेवक शिक्षक राख्न १ अर्ब ५ करोड बजेट छुट्टाइएको छ ।

सरकारले आगामी वर्षका लागि शिक्षा क्षेत्रमा १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरेको हो । गत वर्षको तुलनामा यो करिब २९ अर्बले बढी हो । गतवर्ष १ खर्ब ३४ अर्ब ५० करोड ८७ लाख बजेट छुट्याइएको थियो ।

त्यस्तै सरकारले मुलुकभरका सार्वजनिक विद्यालयमा खेलकुद शिक्षक व्यवस्था गर्ने भएको छ। अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्दै एक विद्यालय एक खेलकुद शिक्षक राख्न ५ अर्ब बजेट विनियोजन गरिएको जनाए ।

सरकारले आगामि आर्थिकवर्ष भित्र ७० जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने भएको छ। सार्वजनिक विद्यालयहरुको सुधारका लागि राष्ट्रपति शैक्षिक विकास कोषको स्थापना गरिनेछ। सामुदायिक विद्यालय सुधार दशक मनाउने अर्थमन्त्री खतिवडाले जनाए ।

आगामी आवमा ३ सय विद्यालयमा सुविधा सम्पन्न भवन निर्माण सरकारले बजेट विनियोजन गरेको हो। दुर्गम क्षेत्रमा आवासिय विद्यालय संचालन गर्ने सरकारको योजना छ। एकीकृत प्रणालीबाट विद्यालय देखि उच्चशिक्षसम्म छात्रवृत्ति वितरण गर्ने व्यवस्था मिलाएको उनले जनाए।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : २४ बजे

सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र विकासमा ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र

अमेरिका–इरान शान्ति पहलबीच इजरायलको अडान, कब्जामा रहेका क्षेत्र नछोड्ने घोषणा

इजरायल– इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबनान, सिरिया र गाजा पट्टीमा

मलमासको अन्तिम सोमबारे औँसी : देवघाटधाममा स्नान तथा पूजा गर्न श्रद्धालुको घुइँचो

चितवन– नवलपुर र तनहुँ जिल्लाको संगमस्थल तथा प्रसिद्ध धार्मिक तीर्थस्थल

विपद्मा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपद्मा नागरिकको सुरक्षा

युद्ध रोक्ने सम्झौतालगत्तै इरानी फुटबल टोली अमेरिका पुग्यो

तेहरान- इरानको राष्ट्रिय फुटबल टोली विश्वकप खेल्न अमेरिका पुगेको छ।