काठमाडौं- सरकारले राष्ट्रिय गौरवको आयोजना काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणका लागि १५ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बुधबार आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै पूर्वपश्चिम राजमार्गमा सबै प्रदेशको राजधानीलाई जोड्न चार लेनको सडक निर्माणलाई अगाडि बढाउने बताए ।
प्रत्येक प्रदेशमा दुई राष्ट्रिय राजमार्ग पुर्याइने उल्लेख गर्दै मदनभण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड छुट्याइएको बताए । यस्तै, पूर्वपश्चिम राजमार्ग स्तरोन्नतीका लागि सरकारले १९ अर्ब १८ करोड विनियोजन गरेको छ । सरकारले निर्माण गर्ने सबै सडक कम्तिमा दुई लेनको हुने बजेटमा उल्लेख छ ।
प्रतिक्रिया