बजेटको प्राथमिकतामा परेन चलचित्र क्षेत्र, ‘छायांकनका लागि नेपाल’ शुरु गर्ने « Khabarhub

बजेटको प्राथमिकतामा परेन चलचित्र क्षेत्र, ‘छायांकनका लागि नेपाल’ शुरु गर्ने


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा चलचित्र क्षेत्रलाई प्राथमिकतामा नराखे पनि ‘छायांकनका लागि नेपाल’ नामक कार्यक्रमको शुरुवात गर्ने जनाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले वर्ष २०७६/७७ को बजेट विनियोजनका क्रममा आगामी वर्षलाई ‘छायांकनका लागि नेपाल’ का रुपमा शुरुवात गर्ने बताए ।

यस्तै बजेटमा काठमाडौं उपत्यकामा अत्याधुनिक सुविधासम्पन्न स्टुडियो निर्माण प्रारम्भ गरिने जनाइएको छ । सरकारले श्रमजिवी चलचित्रकर्मीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने पनि जनाएको छ ।

लामो समयदेखि बहसको विषय बनेको बक्स अफिसका लागि भने कुनै बजेट छुट्याएको छैन । गतवर्ष बक्स अफिसमका लागि सरकारले बजेट छुट्याए पनि हालसम्म पनि बक्स अफिस पूर्ण रुपमा लागू हुन सकेको छैन ।

यस्तै सरकारले कलाकार तथा साहित्यकारको वृत्ति विकासमा ध्यान दिने पनि बताइएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ६ : ४० बजे

बालेन सरकार आएपछि ओली-देउवाबाट राजनीतिक नियुक्ति लिएकाको भविष्य के होला ?

काठमाडौं– फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजासँगै देशको

अर्थविद् केशव आचार्यको निधन

काठमाडौं– अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको उपचारका

कराते खेलाडी एरिका तमुधि यूकेकी गुडविल एम्बासडर नियुक्त

काठमाडौं– कराते खेलाडी एरिका गुरूङलाई तमुधि युकेले गुडविल एम्बास्डर घोषणा

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको