कर्मचारीको तलब बढ्यो, कार्यालय सहयोगीको २८ हजार ५६४ र मुख्यसचिबको तलब ६६ हजार ३१० पुग्यो « Khabarhub

कर्मचारीको तलब बढ्यो, कार्यालय सहयोगीको २८ हजार ५६४ र मुख्यसचिबको तलब ६६ हजार ३१० पुग्यो


१५ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्षदेखि लागू हुने गरी सरकारी कर्मचारीको तलब बढेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब बढाउने घोषणा गरेको छ ।

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराजत खतिवडाले राजपत्रअनंकित श्रेणीका कर्मचारीको २० प्रतिशत र राजपत्राकिंत श्रेणीका कर्मचारीको १८ प्रतिशतले तलब बढाइएको बताए ।

अर्थमन्त्री खतिवडाले गरेको घोषणाअनुसार निजामतितर्फ नायब सुब्बासम्मका कर्मचारीको तलब २० प्रतिशतले बढ्ने छ भने शाखा अधिकृतभन्दा माथि सचिवसम्मका कर्मचारीको तलब १८ प्रतिशतले बढ्ने छ ।

अर्थमन्त्री खतिवडाले सरकारी कोषबाट तलब खाने निजामति, सेना, प्रहरी, सशस्त्र प्रहरी गरी सबै कर्मचारीको तलब बढाइएको बताए ।

यस अनुसार अब नयाँ तलबमान अनुसार आधार तलब ३ हजार ४४५ रुपैयाँदेखि ९ हजार ८१० रुपैयाँसम्म बढेको छ। अब बढेको तलब र महँगी भत्तासमेत गरेर कार्यालय सहयोगीले २८ हजार ५६४ रुपैयाँ मासिक पाउने छन् भने मूख्य सचिबले ६६ हजार ३१० रुपैयाँ पाउने भएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  ६ : २४ बजे

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित