सवारीसाधन आयातमा अन्त शुल्क वृद्धि | Khabarhub Khabarhub

सवारीसाधन आयातमा अन्त शुल्क वृद्धि


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७६/७७ मा चार पांग्रे तथा दुई पांग्रे सवारीसाधनको आयातमा अन्त शुल्क वृद्धि गरेको छ । संघीय संसदमा बुधबार बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले एक हजार सिसीभन्दा माथिका चार पांग्रे सवारी साधन तथा एक सय पचाँस सिसीभन्दा माथि क्षमता भएका मोटरसाइकलमा अन्त शुल्क वृद्धि गरेको जानकारी दिए ।

सवारीसाधन आयातमा भन्सार शुल्कमा भने वृद्धि गरिएको छैन । यसबाट उपभोक्ता तथा व्यवसायीहरुलाई राहत मिलेको छ । यस्तै अर्थमन्त्री खतिवडाले सामुदायिक विद्यालयले प्रयोग गर्न पैठारी गर्ने ३० सिट वा त्योभन्दा बढी सिट क्षमता भएको प्रति विद्यालय एक थान बसमा बुझाउनु पर्ने कर महसुलमध्ये ७५ प्रतिशत भन्सार महसुल र अन्त शुल्क मूल्य अभिवृद्धि करमा पूरै छुट दिने व्यवस्था गरेको बताए । बजेटमा यातायात क्षेत्रमा नविकरणीय उर्जाको प्रयोग गरी शहरी क्षेत्रको वायु प्रदुषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गरिने उल्लेख छ ।

काठमाडौं उपत्यका र सातै प्रदेशका प्रमुख सहर र आसपासका क्षेत्रमा नेपाल सरकार, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्रसमेतको सहभागितामा विद्युतीय बस सेवा सञ्चालनमा ल्याइने भएको छ । विद्युतीय सवारी साधनको प्रयोगलाई देशव्यापी बनाउन नेपाल विद्युत प्राधिकरणबाट पर्याप्त संख्यामा चार्जिङ्ग स्टेशनहरू स्थापना गर्दै लगिने पनि बजेटमा उल्लेख गरिएको छ ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिशमा गाउँपालिका‚ नगरपालिका तथा उप-महानगरपालिका र महानगरपालिकाले आयात गर्ने दुई‚ तीन र चार थान एम्बुलेन्समा एक प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था गरी बाँकी भन्सार महसुल छुट हुने व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ८ : ३७ बजे

कसरी उठ्ला अकल्पनीय विपद् झेलेको इलाम ?

काठमाडौं– पर्यटक लोभ्याउने देशकै पर्यटकीय जिल्ला इलाम अहिले पीडामा छ

दशैँ बक्स अफिसबारे अनमोल : उहाँहरुले दर्शकको आर्शिवाद पाउनुभयो

काठमाडौं – नायक अनमोल केसी दशैँमा प्रदर्शनमा आएका तीन फिल्म

गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुईजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले काठमाडौँको गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुई जनालाई

लगातार दोस्रो पटक टी-२० विश्वकपमा पुग्यो नेपाल

काठमाडौं- नेपाली क्रिकेट टोली लगातार दोस्रो पटक टी-२० विश्वकप क्रिकेट

गृहमन्त्रीद्वारा कारागार व्यवस्थापन विभागको निरीक्षण

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले आज डिल्लीबजारस्थित कारागार व्यवस्थापन विभागको निरीक्षण