मुखमा घाउ आएको छ ? सावधानी अपनाउनुहोस्, खानपानमा ध्यान दिनुहोस् « Khabarhub

मुखमा घाउ आएको छ ? सावधानी अपनाउनुहोस्, खानपानमा ध्यान दिनुहोस्


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

अहिले गर्मीको मौसम छ । त्यसैले पनि मानिसको शरीरमा विभिन्न संक्रमणहरु हुने गर्दछन् । त्यहीमध्येको एक मुखमा हुने संक्रमण अर्थात घाउ हो ।

मुखको वरिपरी आउने यस्ता साना विमिरा जस्ता घाउ सामान्य जस्तो देखिएपनि धेरै पीडा दिने हुन्छन । यस्ता घाउको समस्याले सताएको छ भने त्यसबाट मुक्ति पाउन अपनाउनुपर्ने उपाय पढ्नुहोस् ।
– यस्तो घाउ शरीरमा भिटामिन बी कम्प्लेक्सको मात्रा कम हुँदा आउने गर्छ । त्यसैले भिटामिन बी कम्प्लेक्स भएका परिकार खानपानमा ध्यान दिनुहोस् ।
– मुखको सरसफाइमा पनि उचित ध्यान दिनुहोस । खानेकुरा खाएपछि मुख कुल्ला गर्नुपर्छ ।
– यस्ता घाउ प्राय: ७ दिनमा निको हुने प्रकृतिका हुन्छन् । बढी जसो जथाभावी खाना खाँदा आउने भएकाले खानामा नियन्त्रण गर्न जरुरी छ ।
– मुखमा घाउ छ भने त्यस्तो अवास्थ्य चिल्लो र पिरो खान कम गर्नुपर्छ ।
– घाउ भएमा पानी तथा झोलीय पदार्थ बढी मात्रामा पिउनुपर्छ ।
– दिनहुँ जसो मनतातो नुनपानीले बारम्बार कुल्ला गर्ने बानी बसाल्नुपर्छ ।
-मुखमा घाउ भएको ठाउँमा मह लपक्कसँग लगाउने जसले गर्दा उक्त घाउमा राहत मिल्दछ ।
-नियमित रूपमा बदाम भिजाएर खाने गर्नुपर्छ।
– मुखमा घाउ आएको बेला हरियो सागपात तथा फलफुलहरू मजाले चपाएर खानुपर्दछ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ८ : १० बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने