रक्सी खाएर कार चलाउँदा जमलमा दुर्घटना, चालक घाइते « Khabarhub

रक्सी खाएर कार चलाउँदा जमलमा दुर्घटना, चालक घाइते


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार बिहानै काठमाडौंको जमलमा कार दुर्घटना भएको छ । बा ११ च ३६०४ नम्बरको कार केशरमहलबाट जमलतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।

तीव्र गतिमा रहेको कार सडकमा उत्तानो परेपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

कारका चालक बिजेन दुवाल श्रेष्ठ घाइते भएका छन् । उनीसँगै कारमा रहेका अन्य ३ जना पनि सामान्य घाइते भएका छन् ।

दुर्घटनामा कारको इन्जिन नै निस्किएको छ । कार केही पर गएर उल्टिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका इन्स्पेक्टर दयाकृष्ण भट्टले जानकारी दिए ।

कार जमलको एल्लो प्यागोडा होटल अगाडी रेडिङमा ठोक्किएर दुर्घटनामा परेको हो । कार उछिटिएर जमलमा रोकिराखेको पर्यटकको माइक्रोलाइ ठक्कर दिन पुगेको थियो । चालकले मापसे गरेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ९ : ५८ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको