रक्सी खाएर कार चलाउँदा जमलमा दुर्घटना, चालक घाइते « Khabarhub

रक्सी खाएर कार चलाउँदा जमलमा दुर्घटना, चालक घाइते


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार बिहानै काठमाडौंको जमलमा कार दुर्घटना भएको छ । बा ११ च ३६०४ नम्बरको कार केशरमहलबाट जमलतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।

तीव्र गतिमा रहेको कार सडकमा उत्तानो परेपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

कारका चालक बिजेन दुवाल श्रेष्ठ घाइते भएका छन् । उनीसँगै कारमा रहेका अन्य ३ जना पनि सामान्य घाइते भएका छन् ।

दुर्घटनामा कारको इन्जिन नै निस्किएको छ । कार केही पर गएर उल्टिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका इन्स्पेक्टर दयाकृष्ण भट्टले जानकारी दिए ।

कार जमलको एल्लो प्यागोडा होटल अगाडी रेडिङमा ठोक्किएर दुर्घटनामा परेको हो । कार उछिटिएर जमलमा रोकिराखेको पर्यटकको माइक्रोलाइ ठक्कर दिन पुगेको थियो । चालकले मापसे गरेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ९ : ५८ बजे

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट