कार्यकाल सकिएपछि झोला बोकेर हिँडे डेनिस प्रधानमन्त्री « Khabarhub

कार्यकाल सकिएपछि झोला बोकेर हिँडे डेनिस प्रधानमन्त्री


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोपनहेगन– नेपालमा उच्च पदस्थ व्यक्तित्वको भड्किलो जीवनशैली बारम्बार आलोचित हुने गरेको छ ।

राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य उच्च पदस्थ व्यक्तिहरुको सवारीका कारण मानिसहरुले सडकमा सास्ती खेप्दै आएका छन् भने उच्च पदस्थ व्यक्तिहरु विदेश जाने बेला अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको उडान र अवतरण समेत अवरुद्ध हुँदै आएको छ । सोही कारण नेपालका उच्च पदमा आसिन व्यक्तित्वहरु आलोचनाको पात्र बन्ने गरेका छन् ।

अर्कोतर्फ युरोपेली खासगरी नर्डिक मुलुकका उच्च पदस्थ व्यक्तित्वहरुको जीवनशैली निकै सामान्य रहने गरेको छ । प्रधानमन्त्री, मन्त्रीहरुको साधारण जीवनशैलीलाई विश्वभर प्रसंशा गरिन्छ । प्रधानमन्त्रीलाई बाटोमा साइकल चलाइरहेको वा सार्वजनिक सवारीमा यात्रा गरिरहेको सामान्य मानिन्छ ।

यस्तै उदाहरण दिएका छन्, डेनमार्कका प्रधानमन्त्री लार्स रोकी रास्मुसेनले । प्रधानमन्त्री रास्मुसेनले आफ्नो प्रधानमन्त्रीको कार्यकाल पुरा गरी एउटा ब्याग बोकेर प्रधानमन्त्री कार्यालयबाट बाहिरिँदै गरेको तस्बीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

४ वर्षअघि प्रधानमन्त्रीमा निर्वाचित भएका रास्मुसेनले आफ्नो कार्यकाल सकिएकै दिन सामान्य झोला बोकेर प्रधानमन्त्री कार्यालयबाट बाहिरएको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको हो ।

मुलुकका २५ औं प्रधानमन्त्री रास्मुसेनले सामाजिक सञ्जाल फेसबुकमा उक्त तस्बीर अपलोड गरेका हुन् । तस्बीरमा उनी कुनै सुरक्षा दस्ता बाहेक सुटमा सामान्य झोला बोकेर कार्यालयबाट बाहिरिएको देखिन्छ ।

उनले आफ्नो प्रधानमन्त्रीकालमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । उनले प्रधानमन्त्री बनेर डेनिस जनताको सेवा गर्नु आफ्ना लागि सौभाग्य भएको समेत जनाएका छन् ।

डेनमार्कको नयाँ प्रधानमन्त्रीमा भने सोसल डेमोक्रेटिक पार्टीका तर्फबाट मेट फ्रेडरिकसन नियुक्त भएकी छिन् । उनले अर्को ४ वर्षसम्म डेनमार्कको प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हाल्नेछिन् ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  १२ : ४९ बजे

साइमेक्स इंकले छल्न सकेन भन्सार राजस्व, अदालतले अन्तरिम आदेश नदिएपछि बुझायो रकम

काठमाडौं– चिनियाँ कम्पनी बिवाइडीको नेपालमा आधिकारिक बिक्रेता साइमेक्स इंक कम्पनी

कुसुमले दीपक खड्कालाई भनिन् : अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म मिलाएको छु भन्दै नहिँड्नुहोला

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वसांसद कुसुम थापाले कांग्रेस

रंगशाला देख्दा झस्किने धुर्मुश !

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने महत्वकांक्षाले हाँस्य

अन्नबालीमा वन्यजन्तुको आतंक, टिमुरखेतीमा आर्कषित किसान

पाल्पा– यहाँका किसान टिमुरखेतीमा आर्कषित भएका छन् । खेतबारीमा लगाएको

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले