मदन भण्डारीजस्तै हामी पनि मारिन सक्छौं– प्रचण्ड « Khabarhub

मदन भण्डारीजस्तै हामी पनि मारिन सक्छौं– प्रचण्ड


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले मदन भण्डारीको जस्तै अन्य नेता पनि मारिन सक्ने बताएका छन् ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी ४५ वर्षकै उमेरमा मारिएको, तर आफूहरु अहिलेसम्म बाँचिरहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘हामी मारिन पनि सक्छौं ।’

‘कमरेड मदन भण्डारी ४०–४५ वर्षकै उमेरमै मारिनुभएको थियो । हामीहरु भने ६०–६५ वर्षसम्म पनि बाँचिरहेका छौं,’ जननेता मदन भण्डारीको जन्मजयन्तिको अवसरमा शनिबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘अब मारिन पनि सक्छौं ।’

मदन भण्डारीको हत्यापछि २०५८ सालमा भयानक घटनाका रुपमा दरबार हत्याकाण्ड मच्चाइएको उल्लेख गर्दै प्रचण्डले अहिले पनि त्यस्ता हत्याकाण्ड रोक्नसक्ने क्षमता विकास नभएको बताए ।

अध्यक्ष प्रचण्डले भयानक डिजाइनअन्तर्गत मदन भण्डारीको हत्या गरिएको पनि बताए । ‘हामी सबैलाई लाग्छ, त्यो कुनै दुर्घटना हैन । भयानक डिजाइनअन्तर्गत गरिएको हत्या हो भन्ने लाग्छ,’ प्रचण्डले भने, ‘मोटामोटी हामीलाई आधार लाग्छ पनि, यो विदेशी, त्यो विदेशी शक्तिले, देशभित्रको यो तत्व र त्यो तत्वले हत्याकाण्ड मच्चाएको हो भन्ने लाग्छ । तर, नाम लिएर भन्न सकिने अवस्था छैन ।’

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ४ : ४० बजे

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे

भोटेकोसी बाढीका प्रत्यक्षदर्शी भन्छन्- अचानक हुरी, धुलो र लेदोसहित उर्लिएर सबै छोप्यो

काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा बुधबार चीनतर्फबाट ल्हेन्दे खोलो हुँदै भोटेकोसीमा