मदन भण्डारीजस्तै हामी पनि मारिन सक्छौं– प्रचण्ड « Khabarhub

मदन भण्डारीजस्तै हामी पनि मारिन सक्छौं– प्रचण्ड


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले मदन भण्डारीको जस्तै अन्य नेता पनि मारिन सक्ने बताएका छन् ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी ४५ वर्षकै उमेरमा मारिएको, तर आफूहरु अहिलेसम्म बाँचिरहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘हामी मारिन पनि सक्छौं ।’

‘कमरेड मदन भण्डारी ४०–४५ वर्षकै उमेरमै मारिनुभएको थियो । हामीहरु भने ६०–६५ वर्षसम्म पनि बाँचिरहेका छौं,’ जननेता मदन भण्डारीको जन्मजयन्तिको अवसरमा शनिबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘अब मारिन पनि सक्छौं ।’

मदन भण्डारीको हत्यापछि २०५८ सालमा भयानक घटनाका रुपमा दरबार हत्याकाण्ड मच्चाइएको उल्लेख गर्दै प्रचण्डले अहिले पनि त्यस्ता हत्याकाण्ड रोक्नसक्ने क्षमता विकास नभएको बताए ।

अध्यक्ष प्रचण्डले भयानक डिजाइनअन्तर्गत मदन भण्डारीको हत्या गरिएको पनि बताए । ‘हामी सबैलाई लाग्छ, त्यो कुनै दुर्घटना हैन । भयानक डिजाइनअन्तर्गत गरिएको हत्या हो भन्ने लाग्छ,’ प्रचण्डले भने, ‘मोटामोटी हामीलाई आधार लाग्छ पनि, यो विदेशी, त्यो विदेशी शक्तिले, देशभित्रको यो तत्व र त्यो तत्वले हत्याकाण्ड मच्चाएको हो भन्ने लाग्छ । तर, नाम लिएर भन्न सकिने अवस्था छैन ।’

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ४ : ४० बजे

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना