सरकारमा आलोपालो बारे थाहा छैन, मन्त्री फेरिने हल्लामात्र– उपप्रधानमन्त्री पोखरेल « Khabarhub

सरकारमा आलोपालो बारे थाहा छैन, मन्त्री फेरिने हल्लामात्र– उपप्रधानमन्त्री पोखरेल


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली–उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको काम अहिलेसम्म राम्रो भएको र हल्लाको भरमा सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् ।

सिन्धुलीमाढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शनिवार आयोजना गरेको जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा नेपाल कम्युनिष्ट आन्दोलनको सफलता विषयको विचारगोष्ठी समारोहमा विरोधीका आरोपभन्दा पनि वास्ताविकता बुझ्न आग्रह गरे ।

सरकार सञ्चालन आलोपालो भन्ने चर्चा धेरै भएको भन्दै उनले सरकार सञ्चालनमा आलोपालो भन्ने विषय नेकपाको सचिवालयले औपचारिक ढङ्गले नजान्ने उल्लेख गरे । दुई नेताबीच भद्र सहमति भए पनि उनले अभ्रद तरिकाले चर्चा गरेकामा असन्तुष्टि व्यक्त गरे ।

पार्टीमा छलफल भएमा टुङ्ग्याउने तर अनावश्यक हल्लाको पछि लागेर मन खिन्न नबनाउन कार्यकर्तालाई समेत आग्रह गरे । सरकार यसैगरी चलिरहनेमा ढुक्क हुनसमेत उनको आग्रह थियो ।

सरकारले सङ्कल्प गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना पूरा गर्ने भन्दै उनले भने “यतिबेलाको अवस्था कस्तो छ भने खोलामा धमिलो बाढी आएको छ, तर नतरी भएको छैन, कसरी तर्ने त खोला ? खुट्टाका ‌‌‌औंलाले छाम्दैछाम्दै विस्तारै तरेजस्तै गरी तर्नु पर्नेछ, अहिलेको अवस्थामा थुप्रै चुनौती र अप्ठ्यारा रहेकाले सबैले जिम्मेवारीपूर्वक सोच्नुपर्नेछ ।”

उनले सरकारका नीति तथा कार्यक्रम र एकतापछिको साझा निर्वाचन घोषणापत्रसँगै राखेर तुलना गर्न आग्रह गरे । अहिलेको सरकार तत्कालीन घोषणापत्रभन्दा पछि नरहेको र सरकार सञ्चालनको पाँच वर्षको अवधिमा विस्तारै सबै प्रतिबद्धता पूरा हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  १० : १८ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई