नेकपामा हुने खैलाबैला बाहेक अन्य कारणले सरकार ढल्दैन– सिटौला « Khabarhub

नेकपामा हुने खैलाबैला बाहेक अन्य कारणले सरकार ढल्दैन– सिटौला


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले नेपालको राजनीतिलाई पछाडि फर्काउने उग्रवादी धारहरु विकसित हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा नेता सिटौलाले राज्य संञ्चालन पद्धति माथि प्रहार गरि राजनीतिलाई पछाडि फर्काउनेहरु सक्रिय हुन थालेको बताएका हुन् ।

सबै राजनीतिक दलहरु बीच राष्ट्रिय एजेण्डामा वृहत सहमति हुन नसक्दा व्यवस्थामाथि नै चुनौति दिनेहरु बलियो भएर भएर अनेक कोणबाट प्रहार हुन थालेको टिप्पणी गरे । सरकार गठनको २ बर्षमा जनताको आकाक्षा सम्बोधन हुन नसक्दा तथा बहुदलिय लोकतन्त्रका मान्यतालाई स्थापित गर्न नसकेका कारण राज्य संचालन पद्धतिमाथि नै प्रश्न उठ्न थालेको उनको भनाइ थियो ।

उनले भने “सरकारमथि मात्रै होइन पद्धति माथि नै ठूलो प्रश्न उठ्न थालेको छ । राजनीतिलाई पछाडि फर्काउने उघ्रवादी धारहरु विकसित हुन थालेका छन् । चाहे दक्षिणपन्थी कोणबाट होस् चाहे उघ्रवामपन्थी कोणबाट होस् । फेरी पनि उठ्न थालेका छन् । नेपालको राजनीतिमा सबैभन्दा चिन्ताको विषय यो हो । ”

नेकपाले चाहेमा सरकारले मुलुकलाई आर्थिक सम्मृद्धिको बाटोमा लैजान सक्ने स्थिति र शक्ति भएपनि वर्तमान अवस्थामा सरकार बाटो विराएजस्तो अवस्थामा देखिएको उल्लेख गर्दे उनले बाटो नबिराउन सचेत गराए ।

कांग्रेसले विरोधका लागि विरोध गर्ने नभई सकारात्मक प्रतिक्षीको भुमिका निर्वाह गर्ने भन्दै उनले नेकपालाई आफ्नै पार्टीबाट अप्ठ्यारो हुने बाहेक कांग्रेसले अप्ठ्यारो नपार्ने विश्वास दिलाए उनले भने “तपाईको आफ्नै पार्टीमा हुने खैला बैला बाहेक अन्य खैला बैलाले असर पार्छ जस्तो लाग्दैन मलाई । ”

सबै बर्ग र क्षेत्रका समस्या सम्बोधन गर्ने गरि संविधानले र्निदृष्ट गरेको लोकतान्त्रिक मुल्य र मान्यतामा रहेर काम गर्न सरकारलाई उनले सुझाव दिए ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ९ : २० बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको