ट्रम्प दक्षिण कोरियामा, किमसँग भेटवार्ता हुने सम्भावना « Khabarhub

ट्रम्प दक्षिण कोरियामा, किमसँग भेटवार्ता हुने सम्भावना


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिओल– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया भ्रमणमा निस्केका छन् । जापानको ओसाका शहरमा भएको जी २० को सम्मेलन सकेर राष्ट्रपति ट्रम्प शनिबार दक्षिण कोरिया पुगेका हुन् ।

दक्षिण कोरिया जानुअघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई दुई कोरियाबीचको सीमाक्षेत्रमा भेटको प्रस्ताव गरेका थिए ।

उत्तर कोरियाली उप विदेशमन्त्री चोई सोन हुईले दुई नेताबीच कोरियाली सीमाक्षेत्रमा हुनसक्ने भेटवार्ता अर्थपूर्ण हुने टिप्पणी गरेपनि उत्तर कोरियाले भेटवार्ताको प्रस्तावबारे केही टिप्पणी गरिसकेको छैन ।

यद्यपि कोरियाली श्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दुई नेताबीच आइतबार कोरियाली सीमाक्षेत्रमा भेटवार्ता हुनसक्ने सम्भावना रहेको जनाएका छन् । यसअघि जी२० सम्मेनलनकै क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली भूमिमा पाइला राख्ने चाहना व्यक्त गरिसकेका छन् । भेटवार्ता भएमा दुई नेताबीच भएको यो तेश्रो भेटवार्ता हुनेछ । यसअघि सिङ्गापुर र भियतनाममा दुई नेताले शिखर वार्ता गरिसकेका छन् ।

भियतामको हनोईमा गत फेब्रुअरी महिनामा भएको शिखर वार्ता बिना निष्कर्ष सकिएपछि कोरियाली प्रायद्विपमा आणविक निशस्त्रीकरण तथा शान्ति प्रक्रिया अन्यौलमा रहँदै आएको छ । दुई नेताबीच भेटवार्ता भएमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध केही हदसम्म सुदृढ हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ९ : ०२ बजे

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित