ऋणमा डुबेपछि कर्जा उतार्न ७७ वर्षको उमेरमा मोडलिङ ! « Khabarhub

ऋणमा डुबेपछि कर्जा उतार्न ७७ वर्षको उमेरमा मोडलिङ !


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण कोरियामा एक महिलाले ७७ वर्षको उमेरमा मोडलिङ थालेर चर्चा कमाएकी छिन् ।

चोई सुन नाम गरेकी ती महिलाले रहरले भन्दा पनि बाध्यताले आफू मोडलिङमा लागेको बताएकी छिन् । एउटा अस्पतालमा काम गर्ने उनी ऋणमा डुबेपछि कर्जा उतार्न मोडलिङमा लागेकी हुन् ।

जब उनले टिभीमा धेरै मोडलहरुले विज्ञापन गरेको देखिन्, तब उनलाई पनि आफूले पनि कुनै मोडलिङ गर्नु पर्ने याद आयो। त्यसैले अहिले उनी दक्षिण कोरियाको फेसन सिम्बोल बनिसकेकी छिन् । यो सबको श्रेय उनले गर्ने गरेको मोडलिङलाई जाने गरेको छ ।

सियोल फेसन विकमा ¥याम्पमा वाक गरेपछि उनी चर्चामा आएकी हुन् । खासमा चोईको जीवन निकै संघर्षपूर्ण रहेको थियो । पतिले उनलाई छोडिदिएपछि उनले आफ्ना बच्चाहरु पाल्न निकै संघर्ष गर्नु मात्र परेन, दैनिक घन्टौँ काम पनि गर्नु पर्ने भयो । यो सबको कारण उनले चुकाउनु पर्ने चर्को ऋण थियो ।

‘काम गर्दा मैले खाना खाने पैसासमेत हुँदैनथ्यो,’ उनले भनेकी छिन्, ‘त्यसैले जीवन बदल्न मैले मोडलिङलाई छानेँ ।’ उनले आफूले मोडलिङ सुरु गरेपछि जीवन सहज हुन थालेको बताएकी छिन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ९ : २४ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको