व्रत बस्दा के गर्ने ? यस्ता छन् पालना गर्नु पर्ने कुराहरु « Khabarhub

व्रत बस्दा के गर्ने ? यस्ता छन् पालना गर्नु पर्ने कुराहरु


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विशेषगरी महिलाहरु साउनको महिनामा महादेवको आराधना गरी आफ्ना श्रीमान्को दीर्घायुको लागि व्रत बस्ने गर्छन् । त्यस्तै विवाह नभएका युवतीहरु राम्रो श्रीमान् पाउने मनोकांक्षाका साथ व्रत बस्ने चलन रहेको छ ।

जस्तोसुकै मनासयले व्रत बसेपनि त्यसको विधि भने सिलसिलाबद्ध हुन आवश्यक छ । त्यसैले व्रत बस्नु अघि यी कुराका ध्यान दिनुपर्छ ।

– व्रत बस्नुअघि मानसिक तथा शारीरिक रुपमा तयार हुनुपर्छ । व्रत बसेका बेला शारीरिक श्रम गर्नु उचित हुँदैन । मनलाई शान्त राख्न सक्नुपर्छ र प्रशन्न हुनुपर्छ ।

– त्यसैगरी साउनको सोमवार अथवा जुनसुकै दिन व्रत बस्ने भए २/४ दिन अगावै फलफुल तथा झोलिलो पदार्थको सेवन बढि गर्नुपर्छ । अझ महिनाभरी व्रत बस्ने हो भने त्यसको लागि विशेष तयारी गर्नु आवश्यक हुन्छ ।

– व्रत बसेका बेला एक गिलास दूध, कागती पानी, जुस र फलफुल सेवन गर्न सकिन्छ जसले शरीरलाई आवश्यक पोषक तत्वको कमी हुन दिदैँन । कतिपयले दिनभरी भोकै बस्ने र बेलुकी एक छाक खाना खाने गर्छन् । त्यसरी दिनभर भोकै बसेर राती एकैसाथ धेरै खानेकुरा खानु हुदैँन ।

– व्रत बस्दा बिहान बेलुकी प्रणायाम गर्नु तथा मौन रहनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । साथै शरीर तथा मस्तिष्कलाई पनि भरपूर मात्रामा आराम दिनु राम्रो हुन्छ ।

– व्रत बस्दा मुख दुख्ने तथा दिशा नहुने समस्या आउन सक्छ । यसबाट बच्नका लागि फलफुलको सेवन गर्नुपर्छ ।

– यस्तै व्रत बस्दा पेट दुख्ने, कव्जियत हुने, पिसाब पोल्ने जस्ता समस्या पनि आउन सक्छन् । त्यतो अवस्थामा एकैपटक पानी पिउनको साटो एक गिलास कागती पानी पिएमा स्वास्थका लागि लाभदायी मानिन्छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १२ : ०८ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट