बाढीले सडक क्षतिग्रस्त हुँदा यातायात सञ्चालनमा कठिनाइ « Khabarhub

बाढीले सडक क्षतिग्रस्त हुँदा यातायात सञ्चालनमा कठिनाइ


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– बाढीबाट महोत्तरीका अधिकांश सडक क्षतिग्रस्त भएपछि यातायात सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ ।

मरहा, जङ्गहा, अङ्कुशी, रातो र विग्हीलगायतका नदीमा आएको बाढीले जिल्लाको जलेश्वर–मनरा–हर्दी, जनकपुर–भिठ्ठामोड, जनकपुर–लोहारपट्टी–रामगोपालपुर–सम्सी, मटिहानी–जलेश्वर–मडै–लोहारपट्टी, जलेश्वर–बर्दिबास, जनकपुर–मटिहानी, जलेश्वर–बखरी–चकवा–बथनाहा, धमौरा–बर्दिबास, सम्सी–माइस्थान, लक्ष्मिनियाँ–रघुनाथपुर–खैरबन्नी सडकको विभिन्न स्थानमा यातायात नियमति गर्न कठिनाई भएको छ । त्यस्तै पूर्व पश्चिम राजमार्गको भब्सी पुल नजिक सडक कटान गरी बगाएका कारण यातायात सञ्चालनमा कठिनाइ भएको हो ।

बाढीले जनकपुर–भिठ्ठमोड सडकको पिपरामा ५० मिटर, सोही सडकको खैरा चोकभन्दा दक्षिण ६० मिटर, जलेश्वर–हर्दी सडकखण्डको एक दर्जन ठाउँमा सयौँ मिटर, त्यस्तै परिक्रमा सडकअन्तर्गत ४६ ठाउँमा सडक बगाएको बताइएको छ ।

दैनिक १५० देखि २०० सवारी साधन ओहोरदोहोर गर्ने ती सडक मर्मतसम्भार नहुँदा यातायात सञ्चालनमा कठिनाइ भएको जनकपुर अञ्चल बस व्यवसायी सङ्घका अध्यक्ष मनोज चौधरीले बताए ।

बाढीले सडक कटान गरी बगाएका कारण २५ करोड रुपैयाँको क्षति भएको सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख विनोदकुमार मौवारले जानकारी दिए ।

क्षतिग्रस्त सडक पुनःमर्मतसम्भार गरी सञ्चालनमा ल्याउन तीन करोड रुपैयाँ लाग्ने र त्यसका लागि सडक विभागमा पत्राचारसमेत गरिसकिएको उनले बताए ।

हालको सडक संरचनाबाट बाढीको पानीको बहावलाई निकास दिन पर्याप्तमात्रामा ‘क्रस ड्रेनेज’ नभएका कारण बाढीले सडकमा बढी मात्रामा क्षति पुर्‍याएको जनकपुर परिक्रमा सडक प्रमुख देवेन्द्रकुमार साहले बताए । उनका अनुसार सडक क्षतिग्रस्त हुनबाट बचाउन र समस्या सामाधानका लागि दीर्घकालीन अध्ययन हुनुपर्ने बताए ।

बाढीबाट क्षति पुगेका सडकमा भेन्टर कज्वे, स्लेब कल्भर्ट, बक्स कल्भर्ट, ह्युमपाइप कल्भर्टलगायतका संरचना निर्माणका लागि जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत सम्बन्धित निकायमा पत्राचारसमेत गरिएको उनले बताए ।

सडकको हालको अवस्थालाई अध्ययन गरी दीर्घकालीन समस्या समाधानका लागि सडकको अनुसन्धान, मर्मतसम्भार र बजेटका लागि सम्बन्धित निकायमा बजेट निकासाका लागि आवश्यक पहल गर्न जिल्ला दैवी प्रकोप उद्धार समितिले निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १२ : ५४ बजे

बाबुरामले हातमा कांग्रेसको रुख लिएर के भने ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

काठमाडौं– विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा

नेपालको कृषि रूपान्तरणको चरणमा : कृषि विज्ञ

काठमाडौं– सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत