हेर्नुस् ‘केजीएफ २’ मा सञ्जय दत्तको जबरजस्त अवतार « Khabarhub

हेर्नुस् ‘केजीएफ २’ मा सञ्जय दत्तको जबरजस्त अवतार


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दक्षिण भारतीय सुपरस्टार यशको पछिल्लो फिल्म ‘केजीएफ’ ले बलिउडमा समेत तहल्का मच्चायो । यो फिल्मलाई दर्शकले खुबै मन पराए । फिल्मले बक्स अफिसमा २ सय ५० करोडको व्यापार गर्‍यो ।

यो कन्नड सिनेमा सबैभन्दा हिट फिल्ममा एक बन्न सफल भयो ।

मेकर्सले हालै ‘केजीएफ २’ को फस्ट लूक सार्वजनिक गरेका छन् । बलिउड अभिनेता सञ्जय दत्तको जन्मदिन पारेर फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । फस्ट लूकमा सञ्जयलाई खतरनाक भूमिकामा देखाइएको छ । फिल्ममा उनले भिलेनको भूमिका निभाउनेछन् ।

केही दिनअघि फिल्म निर्माण टिमले एक टिजर पोस्टर पनि सार्वजनिक गरेको थियो । उक्त पोस्टरमा अधिराको झलक देखाइएको थियो । तर, अधिरा को हुन् भन्ने खुलाइएको थिएन ।

यो फिल्मको पहिलो भागपछि यसको सिक्वेलको दर्शकलाई लामो समयदेखि प्रतीक्षा छ । यो फिल्म सन् २०२० मा रिलिज हुँदैछ । नेपालमा पनि यो फिल्मले ५१ ‌औँ दिन मनाएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १ : ३३ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले