लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ « Khabarhub

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं, सुर्खेत, स्याङजा, मोरङ, बारा र सुनसरीका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, नागर्जुन नगरपालिका-४ बाफलस्थित चन्द्रागिरी नगरपालिका-६ घर भएका २४ वर्षीय सुजन खड्का समेत २ जनालाई नियन्त्रित लागूऔषध नोर्फिन ४५ एम्पुल, डाईजेपाम ४५ एम्पुल र फेनरागन ४५ एम्पुल सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० स्थित मुस्कान अटो ग्यारेज संचालन गरी बस्ने २४ वर्षीय मनु राईलाई अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम २ सय मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

स्याङजा, वालिङ नगरपालिका-१० भकुण्डेस्थित स्याङ्जा भिरकोट नगरपालिका-५ बस्ने २६ वर्षीय भिम बहादुर सेन सहित ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर १६ .५ ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको ना.६ ख १२६७ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, केराबारी गाउँपालिका-१० बगैचास्थित सुन्दरहरैचा ८ बस्ने २१ वर्षीय अमित खवास समेत ५ जनालाई अवैध लागूऔषध गाँजा करिब १ केजी २ सय ५० ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

]बारा, जितपुर सिमरा उपमहानगरपालिका-२३ स्थित भारत घर भएका ३२ वर्षीय सलमगिर देवानलाई अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले पथलैयाबाट जितपुरतर्फ जाँदै गरेको ग.३ प ९०४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक देवानलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, बर्जु गाउँपालिका-३ केशलिया खोला नजिकबाट भारत अरिया ग्रामपंचायत-१२ बस्ने २० वर्षीय बिकेश कुमार रायलाई अवैध लागूऔषध गाँजा करिब १२ केजी सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमडुवा र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १ : ४८ बजे

पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

पर्वत – पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप

बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै

भैरहवा– वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको समस्या झेल्दै

मङ्गलवारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय

कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनसरी च्याम्पियन

सुनसरी– कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सुनसरी

लिखतसम्बन्धी कसुर: वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वीरगन्ज – वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्