उच्च अदालत पोखराका तीन न्याधीशमाथि छानबिन गर्न मल्लको अध्यक्षतामा समिति गठन « Khabarhub

उच्च अदालत पोखराका तीन न्याधीशमाथि छानबिन गर्न मल्लको अध्यक्षतामा समिति गठन


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च अदालत पोखराका तीन जना न्यायाधीशमाथि छानविन गर्न न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको अध्यक्षतमा समिति गठन गरेको छ ।

गत बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले गोर्खा ब्रुअरीको अन्तशुल्क निर्धारण सम्बन्धी मुद्दामा आदेश अधिकार क्षेत्र मिचेर आदेश गरेका उच्च अदालत पोखराका न्यायाधीशहरु जीवनहरि अधिकारी, नरबहादुर शाही र रामचन्द्र यादवमाथि छानबिन गर्न आदेश दिएको थियो ।

३ नम्बर प्रदेशको आन्तरिक राजश्व कार्यालय भरतपुरको निर्णयलाई प्रादेशीक क्षेत्राधिकार मिचेर गण्डकी प्रदेश अन्तर्गतको उच्च अदालत पोखराले सुनुवाइ गरेको भन्दै प्रधानन्यायाधीश राणाको इजलासले तीन जना न्यायाधीशमाथि छानबिन गर्न न्यायपरिषदलाई लेखी पठाउन आदेश गरेको थियो ।

बुधबार प्रधानन्यायाधीश राणाको एकल इजलासले उच्च अदालत पोखराले गरेको निर्णय कार्यान्वयन नगर्न र निर्णय गर्नुको कारणसमेत पेश गर्न समेत आदेश दिएको थियो ।

गोर्खा ब्रुअरीलाई ८८ करोड ८१ लाखभन्दा बढि अन्तशुल्क निर्धारण गरेको भन्दै त्यसविरुद्ध ब्रुअरीले कार्यालयको निर्णय बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा रिट दायर गरेको थियो ।

रिटमाथि सुनुवाई गर्दै नरबहादुर शाही र जीवनहरि अधिकारीको इजलाशले असार ११ गते आन्तरिक राजश्व कार्यालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपनि आदेशविरुद्ध राजश्व कार्यालय भरतपुरले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले पोखरा उच्च अदालतको आदेश बदर गर्दै न्यायाधीशलाई समेत छानबिन गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १ : ५७ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४