नाराबाजी भएपछि प्रतिनिधिसभा बैठकमा बुधबारसम्मका लागि स्थगित « Khabarhub

नाराबाजी भएपछि प्रतिनिधिसभा बैठकमा बुधबारसम्मका लागि स्थगित


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस र राजपाका सांसदहरुको नाराबाजीका कारण सोमबार प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ ।

सभामुख कृष्ण बहादुर महराले प्रतिनिधिसभाको बैठक सुरु भएको जानकारी गराउने वित्तिकै नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरुले उभिएर विरोध जनाएका थिए ।

सर्लाही घटनाको छानविनका लागि संसदीय छानविन समिति गठन गराउन माग गर्दे आएका उनीहरुले सोही माग बारे ध्यानाकर्षण गराउन उभिएको भएपनि सभामुख महराले बैठकको कार्यसूची अगाडि बढाउने जानकारी गराउदै ‘शून्य समयको कारवाही सुरु हुन्छ’ भने पछि दुवै दलका सांसदहरु नाराबाजी गदै रोष्टम घेराउ गर्न पुगेका थिए ।

उनीहरुले संसदीय सर्वोच्चता कामय गर, मानवअधिकार हनन गर्न पाईदैन, लाल आयोगको प्रतिवेदन सार्वजनि गर भन्दै रोष्टम अगाडि नाराबाजी गरे ।

आसन ग्रहणका लागि पटक पटक आग्रह गरेपनि नाराबाजी गर्ने क्रम जारी रहेपछि सभामुख महराले बुधबार बिहान ११ बजे सम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको हो ।

संसदीय छानविन समिति गठनको माग गर्दै बैठक अवरुद्ध पार्दे आएका राजपा र नेपाली कांग्रेसका सांसदहरुको नाराबाजी र अवरोधका बीच गत असार २५ गते सभामुख महराले सचिव गोपालनाथ योगीलाई राष्ट्रियसभाबाट प्राप्त सुझाव पढ्न समय दिएर कार्यसूची अघि बढाउनुभएको थियो ।

त्यसपछि ३० गतेका लागि बोलाईएको बैठक सुचना टाँसेर साउन ८ गते सम्मका लागि सारिएको थियो । नेपाली कांग्रेस र राजपाका सांसदहरुले ८ गते भने बाढी पहिरोका सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका लागि बैठक संञ्चालन गर्न सहमति जनाएका थिए । उनीहरुले संसदीय छानविन समिति गठन नभए सोमबारको बैठक चल्न नदिने पुर्व सुचना पनि दिएका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  २ : १७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल