अमेरिकामा आयोजित अदुवा महोत्सवमा गोली चल्दा ४ जना मारिए « Khabarhub

अमेरिकामा आयोजित अदुवा महोत्सवमा गोली चल्दा ४ जना मारिए


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सान होजे– अमेरिकाको क्यालिफोर्निया राज्यमा अदुवा महोत्सवमा बन्दुकधारीले आक्रमण गर्दा बन्दुकधारीसहित ४ जनाको ज्यान गएको छ ।

क्यालिफोर्निया राज्यको गिलरोय शहरमा आयोजित गार्लिक फेष्टिभल भनिने अदुवाका परिकारको महोत्सव चलिरहेका बेला बन्दुकधारीले जथाभावी गोली प्रहार गरेका थिए । गोलीकाण्डमा ३ जना मारिनुका साथै अरु १५ जना घाइते भएको गिलरोय शहरको प्रहरीले जनाएको छ ।

गोली चल्न थालेको केही मिनेटभित्रै प्रहरी घटनास्थलमा पुगेको थियो । त्यसलगत्तै प्रहरीको गोली लागेर बन्दुकधारीको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।

गोलीकाण्डमा दुई बन्दुकधारीको सहभागिता रहेको प्रहरीको भनाइ छ । तर, गोलीकाण्डमा उनको सहभागिता कस्तो प्रकारको थियो भन्ने अनुसन्धान भइरहेको र उनको खोजीकार्य भइरहेको अधिकारीले जनाएका छन् ।

आक्रमण हुनुको कारणबारे केही स्पष्ट भइसकेको छैन । अमेरिकी नागरिकलाई बन्दुक राख्ने संवैधानिक अधिकार रहेकाले त्यहाँ बेलाबेला यस्ता गोलीकाण्ड हुँदै आएका छन् । गोलीकाण्डका कारण हरेक वर्ष हजारौंको ज्यान जाने गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ३ : ०९ बजे

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध

भक्तपुर– लामोसमयदेखि शैक्षिक विकासको क्षेत्रमा क्रियाशील रहँदै आएका प्याव्सन भक्तपुरका

अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। 

राष्ट्रिय सभाको हिउँदे अधिवेशन माघ ४ गते बोलाउन सिफारिस

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संघीय संसद्को माथिल्लो सदन

दलबल लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न