नेकपा सचिवालय बैठकः स्कूल विभागको जिम्मेवारी बाँडफाँडमा अझै कुरा मिलेन « Khabarhub

नेकपा सचिवालय बैठकः स्कूल विभागको जिम्मेवारी बाँडफाँडमा अझै कुरा मिलेन


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ । स्कूल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा नमिलेपछि सोमबार दिउँसो बसेको सचिवालय बैठक विनानिष्कर्ष सकिएको हो ।

गत साउन ५ गते बसेको सचिवालय बैठकले देशभरका ७७ वटै जिल्ला कमिटीका इन्चार्ज र सह–इन्चार्जको नाम टुङ्ग्याएको थियो ।

यसअघि पार्टी स्कूल विभागको नेतृत्वमा सहमति नजुटेपछि आइतबार बस्ने भनिएको नेकपा बैठक सोमबारका लागि बोलाइएको थियो । स्कूल विभागको नेतृत्वमा विवाद देखिएपछि सचिवालय बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।

स्कूल विभागमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेलले दाबी गर्दै आएका छन्। त्यस्तै, स्थायी समितिबाट घनश्याम भुसाल र वेदुराम भुसालले पनि आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्।

स्कूल विभागको नेतृत्वलाई लिएर तत्कालीन एमाले तर्फका ओली पक्ष र तत्कालीन माओवादी पक्षका बीचमा आआफ्नो समूहका नेतालाई नेतृत्व दिलाउन रस्साकस्सी चलेपछि सचिवालय बैठक प्रभावित बन्दै आएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ५ : २८ बजे

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी 

काठमाडौं– मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को