नेकपा सचिवालय बैठकः स्कूल विभागको जिम्मेवारी बाँडफाँडमा अझै कुरा मिलेन | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठकः स्कूल विभागको जिम्मेवारी बाँडफाँडमा अझै कुरा मिलेन


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ । स्कूल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा नमिलेपछि सोमबार दिउँसो बसेको सचिवालय बैठक विनानिष्कर्ष सकिएको हो ।

गत साउन ५ गते बसेको सचिवालय बैठकले देशभरका ७७ वटै जिल्ला कमिटीका इन्चार्ज र सह–इन्चार्जको नाम टुङ्ग्याएको थियो ।

यसअघि पार्टी स्कूल विभागको नेतृत्वमा सहमति नजुटेपछि आइतबार बस्ने भनिएको नेकपा बैठक सोमबारका लागि बोलाइएको थियो । स्कूल विभागको नेतृत्वमा विवाद देखिएपछि सचिवालय बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।

स्कूल विभागमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेलले दाबी गर्दै आएका छन्। त्यस्तै, स्थायी समितिबाट घनश्याम भुसाल र वेदुराम भुसालले पनि आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्।

स्कूल विभागको नेतृत्वलाई लिएर तत्कालीन एमाले तर्फका ओली पक्ष र तत्कालीन माओवादी पक्षका बीचमा आआफ्नो समूहका नेतालाई नेतृत्व दिलाउन रस्साकस्सी चलेपछि सचिवालय बैठक प्रभावित बन्दै आएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ५ : २८ बजे

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु