देशभर ८० प्रतिशत रोपाइँ सम्पन्न, सुदुरपश्चिम प्रदेशमा सबभन्दा धेरै रोपाइँ « Khabarhub

देशभर ८० प्रतिशत रोपाइँ सम्पन्न, सुदुरपश्चिम प्रदेशमा सबभन्दा धेरै रोपाइँ


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यो बर्ष देशभर ८० प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयलको तथ्याङ्कअनुसार साउन १२ गते सम्ममा ८० दशमलब १८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

गत बर्ष सोही अवधिमा ८१ दशमलब ९२ प्रतिशत रोपाइँ भएको थियो । धान रोपाइँ हुने कुल १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफलमध्ये १० लाख ९९ हजार ८ सय ६३ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको छ ।

असारको अन्तिम साता परेको अबिरल वर्षाका कारण रोपाइँमा केही क्षति पुर्याएको मन्त्रालयले जनाएको छ । गत बर्षको सोही अवधिमा ११ लाख १५ हजार २ सय ९० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।

कुन प्रदेशमा कति प्रतिशत रोपाइँ ?

मन्त्रालयका अनुसार सुदूर पश्चिम प्रदेशमा सबै भन्दा बढी ९४ दशमलब १७ प्रतिशत धान रोपाइँ भएको छ भने सबै भन्दा कम प्रदेश नम्बर १ मा ७१ दशमलब ६५ प्रतिशत सम्पन्न भएको छ ।

प्रदेश २ मा ७४ दशमलव ५० प्रतिशत, प्रदेश ३ मा ७८ दशमलव ८३ प्रतिशत, गण्डकी प्रदेशमा ८४ दशमलव ५६ प्रतिशत, प्रदेश ५ मा ८४ दशमलव ६० प्रतिशत र कर्णाली प्रदेश मा ९२ दशमलव ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेशमा गत बर्षको सोही समयमा ९७ प्रतिशत धान रोपाइँ भएको थियो भने प्रदेश १ मा ७७ दशमलब २४ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

भौगोलिक अवस्थाअनुसार तराईमा ७९ दशमलव ७८, मध्य पहाडमा ८० दशमलब ६६, र उच्च पहाडमा ८४ दशमलब ९२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ६ : २३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया