भारतका १० रोचक तथ्य जो तपाईंलाई थाहा नहुन सक्छन् | Khabarhub Khabarhub

भारतका १० रोचक तथ्य जो तपाईंलाई थाहा नहुन सक्छन्


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

छिमेकी मुलुक भारतको साँस्कृतिक, राजनीतिक, आर्थिक र धार्मिक रुपमा नेपालसँग नजिकको सम्बन्ध छ । सोही कारण धेरै नेपालीलाई भारतका धेरै पक्षबारे जानकारी छ । तर, त्यस्ता केही तथ्य र जानकारीहरु छन्, जुन सबै नेपालीलाई थाहा नहुन सक्छ । भारतका १० रोचक तथ्य यहाँ प्रस्तुत गरिएको छ ।

सबैभन्दा धेरै अग्रंजी भाषा बोल्ने दोश्रो मुलुक

भारतमा हिन्दी र अंग्रेजी गरी दुई भाषालाई आधिकारिक रुपमा राष्ट्रिय भाषाको मान्यता छ । सोही कारण भारतमा हिन्दीसँगै अंग्रेजी भाषा बोल्ने मानिसहरुको सङ्ख्या पनि ठूलो छ ।

एक अध्ययन अनुसार भारतमा करिब १० प्रतिशत मानिसहरुले अंग्रेजी भाषा बोल्ने गरेका छन् । यो भनेको करिब १२ करोड भन्दा धेरै हो । यसमध्ये ठूलो सङ्ख्या दक्षिण भारतमा छ । यसअनुसार भारत अमेरिकापछि सबैभन्दा धेरै अंग्रेजी भाषा बोल्ने मुलुकमा पर्न जान्छ ।

कबड्डी विश्वकप

भारतमा परम्परागत खेल कबड्डी निकै नै लोकप्रिय छ । भारतले पछिल्ला केही वर्षयता प्रो कबड्डी लिगको नामबाट यो खेलको व्यावसायीकरण पनि गरेको छ । तर, सबैभन्दा रोचक तथ्य त के छ भने भारतले हरेक कबड्डी विश्वकप जितेको छ ।

सन् २००४ बाट आयोजना हुन थालेको कबड्डी विश्वकपको हरेक संस्करणको उपाधि भारतले जितेको छ । अर्को रोचक कुरा हरेक कबड्डी विश्वकपको उपविजेता पनि एउटै मुलुक इरान रहँदै आएको छ ।

स्पाम्फू

आजक विश्वका हरेक कुनामा स्नान गर्दा स्याम्फू प्रयोग गरिन्छ । तर धेरैलाई थाहा नहुन सक्छ, स्याम्फूको अवधारणा भारतबाट आएको हो ।

आजकल प्रयोग गरिने तरल पदार्थ भारतबाट नआए पनि धेरै अगाडि नुहाउने बेला विभिन्न जडिबुटीको तरल पदार्थलाई कपालमा दल्ने अवधारणा भने भारतबाट नै आएको हो । त्यस्तै, स्याम्फू शब्द पनि संस्कृत भाषामा च्याम्पू शब्दबाट आएको हो, जसको अर्थ मालिस गर्नु भन्ने हुन्छ ।

शाकाहारी

बहुसङ्ख्यक भारतीयहरु हिन्दू धर्मावलम्बी छन् । हिन्दू धर्ममा शाकाहारी भोजनलाई प्राथमिकता दिइन्छ । अनुमानअनुसार भारतका २० देखि ३० प्रतिशत मानिसहरु शाकाहारी छन् । सोही कारण भारत विश्वमा सबैभन्दा धेरै शाकाहारी बसोबास गर्ने मुलुक बन्न पुगेको हो ।

साइकलमा रकेट

सुन्दा अचम्म लाग्नसक्छ, भारतले पहिलो पटक प्रक्षेपण गरेको रकेट साइकलमा लगिएको थियो ।

भारतले प्रक्षेपण गरेको पहिलो रकेट यति हलुङ्गो र सानो थियो कि दक्षिण भारतको केरला राज्यस्थित थुम्ब प्रक्षेपण केन्द्रमा सन् १९६३ मा यसको प्रक्षेपण गर्दा यसलाई साइकलमा हालेर लगिएको थियो ।

दूध

बहुसङ्ख्यक हिन्दू धर्मावलम्बीको बसोबास रहेको भारतमा गाईलाई आमा कै दर्जा दिने गरिएको छ ।

त्यहाँ गाईलाई निकै श्रद्धाका साथ लिइन्छ । सोही कारण भारतमा दूधको उत्पादन पनि धेरै हुने गरेको छ । भारत दूध उत्पादनका लागि अग्रणी मुलुक हो ।

सन् २०१४ मा मात्रै भारतले युरोपेली युनियनलाई उछिनेर दूध उत्पादनका लागि पहिलो मुलुक बन्न सफल भएको हो ।

हिरा

हिराको उत्खनन सर्वप्रथम भारतबाट भएको हो । भारतको कृष्णा नदीको डेल्टास्थित गुनटुर कृष्णा जिल्लामा हिराको उत्खनन हुने गरेको थियो । १८ औं शताब्दीमा ब्राजिलमा हिरा पत्ता लाग्नुअघिसम्म भारत सबैभन्दा धेरै हिरा उत्खनन गर्ने मुलुकको रुपमा रहेको थियो ।

चिनी
भारतीयहरुले पहिलो पटक चिनीलाई प्रशोधन गरेका थिए । सायद यहीकारण भारतीयहरु गुलियो खानेकुरा एकदमै रुचाउने गरेका छन् । भारतबाट नै पश्चिमा मुलुकमा चिनीको विस्तार भएको थियो ।

अन्तरिक्षबाट समेत देखिने कुम्भ मेला

हिन्दु धर्मावलम्बीको बाहुल्यता रहेको भारतको पवित्र नदीको किनारमा रहेका शहरहरुमा कुम्भ मेलाको आयोजना हुने गरेको छ । कुम्भ मेलामा करोडौं मानिसहरुको भेला हुने गरेका छन् ।

कुम्भ मेलालाई सबैभन्दा ठूलो धार्मिक मेलाका रुपमा समेत लिने गरिन्छ । सन् २०११ मा आयोजित कुम्भ मेला यतिसम्म विशाल थियो कि यसमा भेला भएका करोडौं मानिसहरुको भीडलाई अन्तरिक्षबाट समेत देखिएको थियो ।

हुलाक कार्यालय

भारत सबैभन्दा ठूलो हुलाक सञ्जाल भएको मुलुक हो । तथ्यांक अनुसार भारतमा १ लाख ५५ हजार भन्दा धेरै हुलाक कार्यालय छन् । औसतमा एक हुलाक कार्यालयले ७ हजार भन्दा धेरैलाई सेवा दिने गरेको छ ।

भारतको जम्मूकश्मीरको राजधानी शहर श्रीनगरको नेहरु पार्कमा रहेको एउटा तालमा यस्तो हुलाक कार्यालय छ, जुन पानीमाथी तैरिन्छ । पानीमाथि तैरिने हुलाक कार्यालयको स्थापना भने सन् २०११ मात्र गरिएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ६ : ४८ बजे

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु