त्यस्तो गाउँ जहाँ छोरा नै जन्मिदैनन् ! « Khabarhub

त्यस्तो गाउँ जहाँ छोरा नै जन्मिदैनन् !


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

हरेक ठाउँमा छोरा र छोरी समान रुपमा जन्मिने सबैको अनुमान हुन्छ । तर कुनै ठाउँमा छोरा त कुनै ठाउँमा छोरी तुलनात्मक रुपमा बढि जन्मिने गरेको हुन सक्छ । नेपालमै पनि छोरीको संख्या केही बढी छ ।

एउटा त्यस्तो गाउँ छ, जहाँ छोरा नै जन्मिँदैनन् भन्ने  तपाईलाई पत्यार नलाग्न सक्छ । तर, यो वास्तविकता हो । कुरा हो युरोपेली मुलुक पोल्याण्डको । चेक गणतन्त्रसँग सीमा जोडिएको दक्षिणी पोल्याण्डको मेसे ओद्रान्स्के गाउँमा छोरा नै जन्मिँदैनन् ।

विगत ९ वर्षयता यस गाउँमा छोराको जन्म भएको छैन । त्यहाँ अझै पनि बसोबास गरिरहेको सबैभन्दा कान्छो पुरुषको उमेर १२ वर्षको छ । सोही कारण गाउँका करिब ३ सयजति बासिन्दामध्ये अधिकांश महिला मात्र छन् ।

त्यसबाहेक त्यहाँको प्रशासन मातहतमा काम गर्ने अधिकांश कर्मचारी पनि महिला मात्र छन् । त्यहाँको फायर ब्रिगेड, स्वास्थ्य चौकी र अन्य कार्यालयमा पनि महिला कर्मचारीको मात्र बर्चश्व छ ।

गाउँको प्रशासनले त्यहाँ किन छोरीको मात्र जन्म हुन्छ भन्ने विषयमा ऐतिहासिक अभिलेखको पुनरावलोकन गर्ने भएको छ । जन्मदर्ताको अभिलेख पुनरावलोकनपछि त्यहाँ किन छोरीमानिसको मात्र जन्म हुन्छ र छोराहरुको जन्म किन दुर्गम छ भन्ने विषयको जानकारी मिल्ने बताइएको छ ।

छोरा मानिसको जन्मदर बढाउने हेतुले गाउँको प्रशासनले नयाँ जुक्ति निकालेको छ । छोरा जन्माउने पहिलो दम्पतीलाई पुरस्कार दिने घोषणा समेत गरेको छ । गाउँ प्रशासनको उक्त घोषणापछि त्यहाँका बासिन्दाहरु एकतर्फ खुशी भए पनि अर्कोतर्फ अझ धेरै छोरीको जन्म हुने हो कि भन्ने चिन्ताले समेत  पिरोल्ने गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ७ : ०५ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा