विभागहरुको जिम्मेवारी नटुंगिँदै नेकपा अध्यक्षद्वय विदेश भ्रमणमा जाँदै « Khabarhub

विभागहरुको जिम्मेवारी नटुंगिँदै नेकपा अध्यक्षद्वय विदेश भ्रमणमा जाँदै


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख विभागहरुको जिम्मेवारी टुंग्याउन सकस भइरहेको अवस्थामा नेकपाका अध्यक्षद्वय बाँकी काम थाती राख्दै विदेश भ्रमणमा जाने भएका छन् ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विदेश भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री ओली आगामी साउन १८ गते सिंगापुर जाने कार्यक्रम तय भएको छ भने दाहाल भोलि (मंगलबार) युएईको दुबई जाँदै छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आउँदो साउन १८ गते प्रधानमन्त्री ओली सिंगापुर जान लागेका हुन् । प्रधानमन्त्री ओली १० दिने सिंगापुर भ्रमणमा जान लागेको सचिवालय स्रोतले जानकारी दिएको छ ।

स्वास्थ्यमा केही समस्या भएपछि गत शुक्रबार आर्मी अस्पताल छाउनीमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । आर्मी अस्पतालमा उनको मिर्गौलाको वायोप्सी भएको र अहिले मुटुको गति ठीक नभएकाले थप उपचारका लागि चिकित्सकले प्रधानमन्त्रीलाई विदेश जान सल्लाह दिएको बुझिएको छ ।

पछिल्लो समय प्रधानमन्त्रीको दौड्धुप बढ्दा स्वास्थ्यमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

यस्तै, अर्का अध्यक्ष दाहाल पत्नी सीता दाहालको उपचारका लागि भोलि (मंगलबार) युएईको दुबई प्रस्थान गर्न लागेका हुन् । दाहाल दम्पतीसँगै पुत्री गंगा र नातिनी पनि जाँदै छन् ।

पत्नी सीताको उपचारका लागि युएई जान लागेको भनिए पनि दाहालको यो विदेश भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । दाहालको चार दिने युएई भ्रमणलाई निजी भ्रमण भनिएको छ ।

विभागीय प्रमुखको जिम्मेवारीका विषयमा छलफल गर्न सोमबार दिउँसो बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालको विदेश भ्रमणबारे जानकारी गराइएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ८ : १९ बजे

काठमाडौंमा हुरीबताससहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं– काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ ।

जिपी अस्पतालमा मातृत्व कक्ष निर्माण गरिने

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा

कांग्रेसको समीक्षा : एमालेसँगको गठबन्धनसहित यी कारणले भयो चुनावमा हार

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै