यू-१९ नेपाली क्रिकेट टोलीले आज दोस्रो अभ्यास खेल्दै « Khabarhub

यू-१९ नेपाली क्रिकेट टोलीले आज दोस्रो अभ्यास खेल्दै


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसीसी यू-१९ एसिया कप क्रिकेटको तयारीमका लागि श्रीलंकामा रहेको नेपाली यू-१९ क्रिकेट टिमले आज (बिहिबार) दोस्रो अभ्यास खेल खेल्दै छ । नेपालली टोलीको अभ्यास खेल श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियासँग हुँदैछ ।

पहिलो अभ्यास खेलमा नेपाल सङहलेस क्रिकेट क्लबको यू-२३ टिमसँग ३ विकेटले पराजित भएको थियो । नेपालले एसीसी यू-१९ एसिया कप क्रिकेटको तयारी स्वरुप अन्तिम अभ्यास खेलमा चिल मारियन्ससँग खेल्नेछ ।

भदौ १९ देखि २८ गतेसम्म हुने एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समूह ‘बी’ मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।

त्यस्तै भदौ २२ गते बंगलादेश दोस्रो खेल र भदौ २४ गते युएईसँग समूहको अन्तिम खेल खेल्नेछ । अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ८ : ५१ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद