महिलामामात्र होइन पुरुषलाई पनि हुन्छ थाइराइड, के खाने के नखाने ? « Khabarhub

महिलामामात्र होइन पुरुषलाई पनि हुन्छ थाइराइड, के खाने के नखाने ?


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

थाइराइडलाई महिलामा लाग्ने रोग भनिने गरिएता पनि यो पुरुषमा पनि लाग्छ ।थाइराइड हर्मोनल समस्या भएकाले पुरुषको तुलनामा महिलालाई बढी देखिन्छ । गलगाँड आउनेजस्ता समस्या पनि महिलामै बढी देखिँदै आएको छ ।

महिनावारी तथा गर्भवती भएका बेला महिलाको हर्मोनमा धेरै गडबडी आइरहेको हुन्छ, जसले थाइराइडमा समस्या निम्त्याउँछ ।

थाइराइड आफैमा रोग नभएर एउटा ग्रन्थी हो । यो हाम्रो घाँटीको अगाडिको भागमा हुन्छ । थाइराइड ग्रन्थीले थाइरोक्सिन टी–३ र ट्रइआयोडी टी–४ हर्मोन उत्पादन गर्छ । त्यही उत्पादित हर्मोनले नै हाम्रो शरीरका अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ ।

थाइराइडको मुख्य काम शरीरका मेटोबोलिज्म नियन्त्रण गर्नु हो । तर, जब थाइराइड ग्रन्थीको प्रणलीमा अवरोध सिर्जना हुन्छ, तब शरीरमा विभिन्न समस्या सिर्जना हुन्छ र हर्मोनमा गडबडी देखिन्छ । त्यतिबेला थाइराइडले सताउने गर्छ । यो समस्या तुलनात्मक रूपमा पुरुषमा भन्दा महिलामा बढी देखिन्छ ।

समयमा नै यो रोगको पहिचान गरी उपचार गरेमा यो रोगबाट सहजै बच्न सकिन्छ । तर, लापर्बाही गरेर समयमा नै निदान खोज्न नसकिए यसले ठूलो समस्या निम्त्याउन सक्छ । लापर्बाही गर्दा थाइराइड भएका व्यक्ति बेहोस भई मृत्युको मुखमा समेत पर्न सक्छन् ।

थाइराइड ग्रन्थीमा दुई प्रकारको हर्मोन हुन्छ । धेरैजसो आउने बिरामीमा देखिने भनेको हर्मोन कमीको कारण थाइराइड भएको दखिएको छ, जसलाई हाइपोथाइरोइडिजम भनिन्छ । हाइपोथाइरोइडिजम भनेको जुनथाइराइड ग्रन्थी हुन्छ, त्यो अलिकति अन्डर एक्टिभ हुन्छ ।

थाइराइडका लक्षणहरू :

खाना कम रुच्ने,
शरीर मोटाउँदै जाने
बच्चाको शरीर मोटाउँदै गए पनि उमेर अनुसार उचाइ र दिमाग भने
विकास नहुने
गर्भ तुहिने, गर्भ नबस्ने
कपाल झर्ने, तथा शरीर आलस्य हुने
महिनावारी अनियमित हुने
छाला तथा अनुहार फुस्रो देखिने

के खाने ?

सागपात, तरकारी, फलफूल, बेरीहरू, अंगुर, केरा, ब्राउन राइस
आयोडिनयुक्त नुनको सेवन गर्ने
अण्डा, ओखर, बदाम खाने
नौनी, ओट्स, तिल, एपोकाडो
माछा, माछाको तेल, आलसको तेल, ओलिभको तेल

के नखाने ?

चिनीलगायत गुलियो पदार्थ कम खाने
भटमास, तोरीको साग, गेडा तोरी, तोरीको तेल,
फास्ट फुड, जंक फुड,
क्लोरिन हालिएको पानी, वियर, रक्सी, कफी नखाने,
क्रिम, बोसोयुक्त मासु, रातो मासु
केक, तारे भुटेको खाना, चुरोट, पान, सुपारी, पान मसला, कोल्ड ड्रिङ्स

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ११ : १९ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत