सागमा क्रिकेटको पनि अभ्यास आइतबारदेखि शुरु, प्रारम्भिक चरणमा बोलाइए ३५ खेलाडी « Khabarhub

सागमा क्रिकेटको पनि अभ्यास आइतबारदेखि शुरु, प्रारम्भिक चरणमा बोलाइए ३५ खेलाडी


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पुरुष राष्ट्रिय क्रिकेट टोलीले आइतबारबाट अभ्यास थाल्ने भएको छ । सागमा सहभागी २७ खेलमध्ये क्रिकेटको मात्रै अभ्यास शुरु हुन बाँकी रहेको थियो ।

अन्य खेलको साउन १६ देखि नै बन्द प्रशिक्षण शुरु भइसकेको छ । तर, क्रिकेटको अभ्यासका लागि मैदानको अभाव भएपछि समयमा अभ्इास शुरु हुन सकेको थिएन् ।

राखेपले सागका लागि क्रिकेटबाट बन्द प्रशिक्षणका लागि ३५ खेलाडीलाई बोलाएको छ । जसमा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र कुमार मुखिया, प्रदिप ऐरी, सुनिल धमाला, सौरभ खनाल, ललित सिंह भण्डारी, विक्रम शोब, इशान पाण्डे, करण केसी, आसिफ शेख, विनोद भण्डारी, सन्दीप जोरा, कुशल मल्ल, रित गौतम, पवन सर्राफ, अमित श्रेष्ठ छन् ।

किशोर महतो, आरिफ शेख, सुसन भारी, अनिल कुमार शाह, अभिनास बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, नन्दन यादव, रोहित कुमार पौडेल, भीम सार्की, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सागर ढकाल र शाहब अलाम पनि छनोटमा परेका छन् ।

कप्तान खड्का र मुख्य प्रशिक्षक उमेश पटवालले युवा खेलाडी समेट्दै प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट गरेका हुन् । सागमा क्रिकेट यसअघि ११ औं संस्करणमा पनि समावेश गरिएको थियो भने दोस्रो पटक क्रिकेटलाई सागमा समावेश गरेको हो ।

सागका लागि प्रारम्भिक टोलीमा अटाएका केही खेलाडी भने अहिले श्रीलंकामा रहेका छन् । एसिया कपका लागि श्रीलंका गएका युवा खेलाडी भने अभ्यास शुरु भएको केही दिन ढिलागरि अभ्यासमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ११ : ४१ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने