आज राष्ट्रिय सभा बैठक, यस्तो छ सम्भावित कार्यसूची « Khabarhub

आज राष्ट्रिय सभा बैठक, यस्तो छ सम्भावित कार्यसूची


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभा बैठक बस्दै छ । विहीवार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ ।

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटटाले नेपाल मिडिया काउन्सिल विधेयक २०७५ लाई सभामा पेश गेर्ने सम्भावित दैनिक कार्यसूची रहेको छ ।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त एन्टी डम्पिङ तथा काउन्टरभेलिङ्ग विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक २०७५ लाई दफावार छलफलका लागि विधान व्यवास्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षण विधेयक र वन विदेकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका महासविच मनोहरप्रसाद भट्टराईले बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १२ : ५४ बजे

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका