नेकपा सल्यानले टुंग्यायो एकता, कसले के पाए ? « Khabarhub

नेकपा सल्यानले टुंग्यायो एकता, कसले के पाए ?


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– सल्यानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्णता पाएको छ । नेकपाको जिल्ला कमिटीको बैठकले जिल्लाका १० वटा स्थानीय तहका सङ्गठनमा पदाधिकारी चयनसँगै जिल्लामा नेकपाले पूर्णता पाएको हो ।

सदरमुकाम खलङ्गामा आयोजित नेकपाको जिल्ला कमिटीको बैठकले पूर्वएमाले अध्यक्ष भएको ठाउँमा पूर्वमाओवादीको सचिव र पूर्वमाओवादीको अध्यक्ष हुने स्थानीय तहमा पूर्वएमालेको सचिव रहने गरी स्थानीय कमिटीहरुको टुङ्गो लगाएको हो ।

पूर्वएमालेबाट बागचौर, कपुरकोट, त्रिवेणी, सिद्धकुमाख र छत्रेश्वरी तथा पूर्वमाओवादीबाट शारदा, बन्गाड कुपिण्डे, दार्मा, कुमाख र कालीमाटीमा नेतृत्व लिने गरी सहमति भएको नेकपा जिल्ला अध्यक्ष गोविन्द पुनले जानकारी दिए ।

नेकपाले शारदा नगरपालिकामा नवीनसिंह भडेल अध्यक्ष र यौव प्रकाश श्रेष्ठ सचिव, बागगचौर नगरपालिकामा घनश्याम शर्मा अध्यक्ष र सचिव लोकमान बुढाथोकी, वननगाड कुपिण्डे नगरपालिकामा कृतिबहादुर राना अध्यक्ष र गुञ्जमान बुढालाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।

यस्तै कपुरकोट गाउँपालिकामा घनश्याम शर्मा अध्यक्ष र तीर्थराज बस्नेत सचिव, त्रिवेणी गाउँपालिकामा लोकेन्द्र खड्का अध्यक्ष र अजय रोका सचिव, सिद्धकुमाख गाउँपालिकामा जीतबहादुर चलाउने अध्यक्ष र रामबहादुर बस्नेत सचिव तथा छत्रेश्वरी गाउँपालिकामा ओझबहादुर बुढाथोकी अध्यक्ष र प्रेम खड्कालाई सचिवको जिम्मेवारी प्रदान गरिएको नेकपा सल्यानले जनाएको छ ।

नेकपाले दार्मामा असवीर बुढाथोकी अध्यक्ष र दलबहादुर केसी सचिव, कुमाखमा चन्द्रबहादुर राना अध्यक्ष र भैरव शाह सचिव एवम् कालीमाटीमा शालिकराम भट्टराई अध्यक्ष र गेहेन्द्र केसीलाई सचिवको जिम्मेवारी प्रदान गरेको छ ।

बैठकपछि कुरा गर्दै नेकपा सल्यानका अध्यक्ष गोविन्द पुनले कमिटीका अन्य सदस्यको टुङ्गो अहिले चयन भएका अध्यक्ष र सचिवले लगाउने बताए । “जिल्लामा नेकपाले पूर्णता पाएको छ अब पार्टी गतिविधिले गति लिन्छ”, अध्यक्ष पुनले भने ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १ : ०४ बजे

कांग्रेसको विशेष महाधिवेशन उद्घाटन आज दिउँसो १ बजे, नाम दर्ता बिहान ८ बजेदेखि

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू हुँदैछ ।

म्यानचेस्टर सिटीले विपक्षीको पोस्टमा गर्यो १० गोल

काठमाडौं – एफए कप अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले

पश्चिमी वायुको प्रभाव : तराई क्षेत्रमा हुस्सु र कुहिरा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्पेनिस ला लिगा : घरेलु मैदानमा गिरोना विजयी

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा गिरोना

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको