साताको अन्तिम दिन पनि नेप्से ओरालो « Khabarhub

साताको अन्तिम दिन पनि नेप्से ओरालो


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार दोहोरो अङ्कले घटेको धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पुनः झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १.३३ अङ्कले घटेर एक हजार १९६.४१ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.१६ बिन्दुले घटी २६१.२४ मा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकमसमेत सस्तैमा समेटिएको छ । कुल १७० कम्पनीको नौ लाख ७५ हजार ८३४ कित्ता शेयर रु २७ करोड ७३ लाख ५९ हजार ६५९ मा खरिदबिक्री भए ।

कारोबार भएका कुल १२ उपसमूहमध्ये आज दुई उपसमूहको मात्र शेयर बढेको छ । बैङ्किङ ०.८६, र विकास बैङ्क २.९ बिन्दुले बढ्दा व्यापार २.३७, होटल ०.०७, जलविद्युत् ३.०४, वित्त १.६९, निर्जीवन बीमा १०.७१, उत्पादन ३२.२२, अन्य ०.१५, लघुवित्त १.८४ जीवन बीमा ५०.२४ र सामूहिक लगानी कोषको शेयर ०.०२ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा आज कुमारी बैङ्क शीर्ष स्थानमा रहेको छ । सो बैङ्कको रु एक करोड ६२ लाख ४४ हजार ६०३ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ४८ लाख ६६ हजार ४९२, एनआइसी एसिया बैङ्क रु एक करोड ३० लाख ८० हजार ७२६, प्रभू बैङ्क रु एक करोड १७ लाख ३८ हजार १३९, माछापुछ्रे बैङ्क रु एक करोड तीन लाख १३ हजार १८२ र छिमेक लघुवित्त विकास बैङ्कको संस्थापक शेयर रु एक करोड एक लाख ८६ हजार ३२० मूल्यमा खरिदबिक्री भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार सबैको लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९८ प्रतिशतले कमाउँदा एनएलजी इन्स्योरेन्स ३.७२, युनियन हाइड्रोपावर ३.३९, एक्सेल डेभपलमेन्ट बैङ्क ३.३५, कालिका पावर कम्पनी २.५० र मितेरी डेभलपमेन्ट बैङ्कका लगानीकर्ताले २.१५ प्रतिशतले कमाए ।

यस्तै युनाइटेड फाइनान्स ६.४१, कर्णाली डेभलपमेन्ट बैङ्क ३.७०, मिथिला लघुवित्त वित्तीय संस्था ३.६२, गरिमा विकास लघुवित्त वित्तीय संस्था ३.६१ र नयाँ नेपाल लघुवित्त विकास बैङ्कका लगानीकर्ताले ३.५२ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ४ : ३४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह