लागूऔषध सहित तीन जना पक्राउ « Khabarhub

लागूऔषध सहित तीन जना पक्राउ


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

कावासोती नगरपालिका-१६ स्थित पूर्वपश्चिम राजमार्गबाट नियन्त्रित लागूऔषध फेनारगन ७५ एम्पुल, नुर्फिन ७५ एम्पुल र डाइजेपाम ७५ एम्पुल सहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका-१५ मालेपाटन बस्ने २७ वर्षीय दिनेश बिक, सोही महानगरपालिका-३१ बस्ने २७ वर्षीय सुनिल गायक र काठमाडौं महानगरपालिका-१४ बस्ने ३४ वर्षीय अजय सुनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु.२ ख १५७९ नम्बरको बस जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ७ : २० बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं