भुँडी बढेर हैरान हुनुहुन्छ ? यस्तो छ घटाउने उपाय « Khabarhub

भुँडी बढेर हैरान हुनुहुन्छ ? यस्तो छ घटाउने उपाय


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

उचित खानपानको ब्यवस्थापन अभावमा मानिसहरु दिनप्रतिदिन मोटोपनको शिकार बन्दै गएका छन् । अझ पछिल्लो समय शारीरिक कामसमेत नगर्ने मानिसहरु प्रविधि तथा अन्य सुविधा प्रति आकर्षित हुँदा मोटोपनको समस्याले गाजेको पाइन्छ ।

किशोर अवस्थादेखि नै आजकाल मानिसमा मोटोपनाको समस्या देखिन थालेको छ । युवा उमेरका अधिकाशं मानिसमा शरीरको सबै भाग फिट रहेता पनि पेट/भुँडी भने बाहिर निस्किएको हुन्छ ।

भुँडी लाग्ने यहि समस्या पछि रोगको कारण बन्न सक्छ । भुँडी घटाउन मानिसहरु बिहान–बेलुका मर्निङ वाक गर्ने, योग गर्ने, साइकिलिङ गर्ने वा हल्काफुल्का ब्यायाम गर्ने गर्दछन् । केही युवा दौडने र जिम जाने समेत गर्छन् । यसरी गरिने क्रियाबाट मात्र मानिसको भुँडी लाग्ने समस्या न्युन हुँदैन । हामीले खाने खाना तथा आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्दछ ।

१. कागती पानी खानुहोस् 

भुँडी लागेको छ भने तपाईले हरेक दिन बिहान–बेलुका कागती पानी पिउनु उत्तम हुन्छ । तसर्थ आफ्नो दिनको शुरुवात कागती पानीबाट गर्नुहोस् । कागती पानीले पेटमा जम्मा भएको बोसो घटाउन मद्दत गर्छ । यो प्रभावकारी घरेलु उपाय हो । तातो पानीमा कागतीको रस र नुन मिलाएर हरेक दिन सेवन गरे मेटापोलिजम दुरुस्त रहन्छ र बिस्तारै भुँडी घटेर जान्छ ।

२. उसिना चामल खानुहोस् 

भुँडी लागेका मानिसले कार्बोहाईड्रेड बढाउने खाद्य सामाग्रीको उपभोग गर्नु हुँदैन । तर यदि तपाई खानाका रुपमा भात नखाई सक्नुहुन्न भने उसिना चामलको भात खानुहोस् । साथै खाजामा पनि ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य सामाग्री प्रयोग गर्नुहोस् ।

३. गुलियो कम खानुहोस् 

सकेसम्म चिनी वा गुलियोजन्य पदार्थबाट टाढा बस्नुहोस् । मीठाई कम खानुहोस् । मीठाई तथा चिल्लो युक्त पदार्थको सेवनले भुँडी बढाउने गर्दछ । यस्ता खाद्य पदार्थले शरीरमा बोसो जम्मा गर्न मद्दत गर्छन् । गुलियो र तेलबाट लाग्ने बोसो भुँडी, तिघ्रा लगायतका स्थानमा जम्मा हुने गर्दछन् ।

४. अत्यधिक पानी पिउनुहोस् 

पानी धेरै पिउँदा भुँडी बढ्ने समस्या मात्रा होइन अरु रोगहरुका लागि पनि फाइदाजनक हुन्छ । पानी धेरै पिउने मानिसको भुँडीको बोसो बिस्तारै कम भएर जानेछ । नियमित केही घण्टाको अन्तरालमा पानी पिई राख्दा मेटापोलिजम बढ्छ र शरीरमा जम्मा भएका विषालु पदार्थ बाहिर निस्कन्छ ।

५. काचो लसुन खानुहोस् 

यदि भुँडी बढेर हैरान हुनुभएको छ र प्रभावकारी उपायको खोजीमा हुनुहुन्छ भने बिहान–बिहान २ पोटी काँचो लसुन चपाएर खाने बानी बसाल्नुहोस् । काँचो लसुनले शरीरलाई धेरै फाइदा पुर्याउँछ । यदि काँचो लसुन चपाएर त्यसलाई कागती पानीले निल्नुहोस्, यो भुँडी घटाउने सबैभन्दा उत्तम उपाय हो ।

६. माछामासु नखानुहोस् 

शाकाहारी भोजन गर्नेको भन्दा मांसाहारी भोजन गर्नेको भुँडी निकै बढेको देखिन्छ । माछामासुमा अत्यधिक मात्रामा बोसो हुनेभएकाले त्यही बोसो शरीरमा जम्मा हुन जान्छ र स्वास्थ्य सम्बन्धी समस्याहरु देखा पर्न थाल्दछन् । त्यसैले सकेसम्म शाकाहारी भोजन गर्नुहोस्, धेरै सागसब्जी खानुहोस् । दिनमा दुई पटक फल र सागसब्जी खानु उत्तम हुन्छ ।

७. पकाउने तरिका बदल्नुहोस् 

तपाईले खाना पकाउँदा भान्सामा प्रयोग गरेको शैली बदल्नुहोस् । साथै खाना पकाउँदा मसला र तेलको मात्रा कम गर्नुहोस् । दालचिनी, अदुवा तथा मरिच मिसाएर बनाएको मसला भान्सामा प्रयोग गरेमा तपाईको बढेको भुँडी घटेर जानेछ । यसले तपाईंको इन्सुलिनको क्षमता समेत बढाउँछ ।

८. बदाम खाने गर्नुहोस् 

भुँडी बढेको मानिसहरु थोरै खाना खाएर उठ्दैनन् । उनीहरु पेट नभरिउन्जेल अघाएको महसुस गर्दैनन् । त्यसैले बदामको सेवन गर्नुहोस् । यसले लामो समयसम्म भुँडी भरिएको अनुभूति हुन्छ र यसले मोटाई बढाउँदैन । बदाम भिटामिन ‘इ’, प्रोटिन तथा फाइबरको राम्रो स्रोत मानिन्छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ८ : ४० बजे

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन

कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा बराल र शर्मा मनोनीत

काठमाडौँ । कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई केन्द्रीय

प्रश्नपत्र ‘लिक’ प्रकरणमा पक्राउ परे कैलालीका सन्दीप सिंह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा

गोरखाको नारीघाटमा महिलाको शव फेला

गोरखा । गोरखा नगरपालिका–१४ स्थित नारीघाटमा एक महिलाको बेवारिसे शव