एकदिवसीय क्रिकेट वरियतामा नेपाल « Khabarhub

एकदिवसीय क्रिकेट वरियतामा नेपाल


१५ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आईसीसीको एकदिवसीय क्रिकेट वरियतामा पहिलोे पटक स्थान बनाउन सफल भएको छ । सोमबार एकदिवसीय सिरिज जितेसँगै नेपालले वरियता क्रममा प्रवेश पाएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सोमबार राति सार्वजनिक गरेको वरियता क्रममा नेपाल परेको छ । वरियता क्रममा १५ रेटिङसहित १५२ अंकका साथ नेपाल वरियताको पुछारमा छ ।

वरियताको पहिलो स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत, तेस्रोमा न्यूजिल्यान्ड, चौथोमा दक्षिण अफ्रिका, पाँचौंमा पाकिस्तान र छैठौंमा अस्ट्रेलिया रहेका छन् ।

यसैबीच, नेपाली क्रिकेट टोलीले टी– २० सिरिज जित्ने लक्ष्य लिएको छ । खेल माघ १७, १८ र २० गते हुनेछन् । यसअघि हिजो भएको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपाल ४ विकेटले विजयी भयो ।

नेपालका लागि कप्तान पारस खड्काले शतकीय पारी खेले । उनले १ सय ९ बलमा १ सय १५ रन बनाए । यो कुनै पनि नेपाली ब्याट्सम्यानले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बनाएको पहिलो शतक हो ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  ९ : ५७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको