एकदिवसीय क्रिकेट वरियतामा नेपाल « Khabarhub

एकदिवसीय क्रिकेट वरियतामा नेपाल


१५ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आईसीसीको एकदिवसीय क्रिकेट वरियतामा पहिलोे पटक स्थान बनाउन सफल भएको छ । सोमबार एकदिवसीय सिरिज जितेसँगै नेपालले वरियता क्रममा प्रवेश पाएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सोमबार राति सार्वजनिक गरेको वरियता क्रममा नेपाल परेको छ । वरियता क्रममा १५ रेटिङसहित १५२ अंकका साथ नेपाल वरियताको पुछारमा छ ।

वरियताको पहिलो स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत, तेस्रोमा न्यूजिल्यान्ड, चौथोमा दक्षिण अफ्रिका, पाँचौंमा पाकिस्तान र छैठौंमा अस्ट्रेलिया रहेका छन् ।

यसैबीच, नेपाली क्रिकेट टोलीले टी– २० सिरिज जित्ने लक्ष्य लिएको छ । खेल माघ १७, १८ र २० गते हुनेछन् । यसअघि हिजो भएको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपाल ४ विकेटले विजयी भयो ।

नेपालका लागि कप्तान पारस खड्काले शतकीय पारी खेले । उनले १ सय ९ बलमा १ सय १५ रन बनाए । यो कुनै पनि नेपाली ब्याट्सम्यानले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बनाएको पहिलो शतक हो ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  ९ : ५७ बजे

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु