एकदिवसीय क्रिकेट वरियतामा नेपाल « Khabarhub

एकदिवसीय क्रिकेट वरियतामा नेपाल


१५ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आईसीसीको एकदिवसीय क्रिकेट वरियतामा पहिलोे पटक स्थान बनाउन सफल भएको छ । सोमबार एकदिवसीय सिरिज जितेसँगै नेपालले वरियता क्रममा प्रवेश पाएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सोमबार राति सार्वजनिक गरेको वरियता क्रममा नेपाल परेको छ । वरियता क्रममा १५ रेटिङसहित १५२ अंकका साथ नेपाल वरियताको पुछारमा छ ।

वरियताको पहिलो स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत, तेस्रोमा न्यूजिल्यान्ड, चौथोमा दक्षिण अफ्रिका, पाँचौंमा पाकिस्तान र छैठौंमा अस्ट्रेलिया रहेका छन् ।

यसैबीच, नेपाली क्रिकेट टोलीले टी– २० सिरिज जित्ने लक्ष्य लिएको छ । खेल माघ १७, १८ र २० गते हुनेछन् । यसअघि हिजो भएको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपाल ४ विकेटले विजयी भयो ।

नेपालका लागि कप्तान पारस खड्काले शतकीय पारी खेले । उनले १ सय ९ बलमा १ सय १५ रन बनाए । यो कुनै पनि नेपाली ब्याट्सम्यानले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बनाएको पहिलो शतक हो ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  ९ : ५७ बजे

समानुपातिक मतगणना : सुर्खेत १ मा कांग्रेस, जुम्लामा नेकपा र सल्यानमा रास्वपा पहिलो

कर्णाली– सुर्खेत निर्वाचन क्षेत्र १ को समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको

निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ  

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण

जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै

टोकियो– क्षेत्रीय सुरक्षा चुनौती तीव्र बन्दै गइरहेका बेला जापानले आफ्नो

मध्यपूर्वका विभिन्न देशहरूमा युद्धको प्रभाव

एजेन्सी– इजरायल र इरानबीच जारी युद्ध झन् व्यापक बन्दै जाँदा

एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबको जित

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबले श्री भगवती